बाल गृहका बालवालिकालाई औषधी र खाद्यान्य वितरण

खबर पूर्वाञ्चल, २७ बैशाख २०७७, शनिबार १९:३८

विराटनगर/ उर्लाबारी नगरपालिका– ७ स्थित महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा सञ्चालित नमूना बाल गृहमा रहेका बालवालिकाहरूको लागि निःशुल्क स्वास्थ्य शिविर तथा खाद्यान्य वितरण गरेको छ ।

नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाको आयोजनामा बाल गृह परिसरमा शनिबार स्वास्थ्य शिविर गर्नुको साथै खाद्यान्य वितरण गरेको हो ।

संघले विराटनगरबाट बालरोग विशेषयज्ञ डा. राजेशकुमार यादवलाई ल्याएर नमूना बाल गृहमा रहेका ४५ जना बालवालिकाहरूको स्वास्थ्य परीक्षण गराएको छ । बाल गहृमा रहेका बालवालिकाहरूको स्वास्थ्य परीक्षण गरेपछि निःशुल्क रूपमा विभिन्न प्रकारका औषधि, भिटामिनहरू वितरण गरिएको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । संघले यहाँ रहेका बालवालिकाहरूका लागि खाजाको रूपमा चाउचाउ पनि वितरण गरेको थियो ।

संघले बालवालिकाहरूका लागि क्यालसिएम, आइरन चक्की, खोकी, जुका, एनटिभाइटिक, घाउँ खटिरा, टाइफाइ निमोनियालगायतका औषधी पनि वितरण गरेको थियो । यस्तै कोरोना भाइरसबाट बच्नको लागि संघले सेनिटाइजर, माक्स पनि वितरण गरेको छ ।

उक्त सामाग्री औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले नमूना बाल गृहकी अध्यक्ष मीना बराललाई हस्तान्तरण गरेका थिए । सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर संघले समाजिक कार्य अनुरूप बाल गृहमा स्वास्थ्य शिविरसँगै औषधी र खाद्यान्य वितरण गरिएको औषधी व्यवसायी संघका अध्यक्ष तिम्सिनाले बताए ।

यस अघि पनि संघले विराटनगर, बुढीगंगामा रहेको वृद्धाआश्रम रहेका जेष्ठ नागरिकहरूलाई दिर्घरोगका औषधी, भिटामिन र खाद्यान्य वितरण गरेको थियो । कार्यक्रममा संघका अध्यक्ष तिम्सिना, उपाध्यक्ष ढकाल, महासचिब दिनेश ठाकुर, कोषाध्यक्ष विजय राजवंशी, सचिब हरिराज रेग्मी, सदस्य प्रकाश धिमाल, व्यवसायी महेश मण्डल तथा संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५