AArya
RUMPUM
animated ellipse animated ellipse

हिसानको केन्द्रीय अध्यक्षमा शर्मा निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ पुष २०८२, आईतवार १८:०७
225
Shares
काठमाडौं / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को युवराज शर्मा अध्यक्षमा निर्वाचित भएका छन् ।

हिसान नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा शर्मा निर्वाचित भएका हुन् । हिसानले स्थापना पश्चात् पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरेको हो ।

अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा शर्माले १६० मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी तथा वर्तमान कार्यसमितिका महासचिव लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गरेका थिए । शर्मा हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजका अध्यक्ष हुन् भने भण्डारी जेभियर इन्टरनेशनल कलेजका प्रमुखका रूपमा शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय छन् ।

वरिष्ठ उपाध्यक्ष पदका लागि आवश्यक दुई पदमा डा( स्वागत श्रेष्ठ र टंकराज आचार्य निर्वाचित भएका छन् । डा. श्रेष्ठले १४७ मत र आचार्यले १०३ मत प्राप्त गरे । प्रतिस्पर्धामा रहेका जीवन प्रकाश शर्मा, भेषराज पोखरेल र बाबुराम पन्तले क्रमशः ३७, १०० र ७८ मत प्राप्त गरेका थिए ।

विराटनगरस्थित मेरिल्याण्ड कलेजका सञ्चालक भेषराज पोखरेल वरिष्ठ उपाध्यक्षमा ३ मतले पराजित भए ।

उपाध्यक्ष पदका १३ मध्ये ११ जना सर्सम्मत रूपमा निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित उपाध्यक्षमा आरबी अधिकारी, ऋषि तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, नरेन्द्रबहादुर अधिकारी, मुकुन्द घिमिरे, राजेन्द्र अधिकारी, विरेन्द्र जयना श्रेष्ठ, विष्णुराज पौडेल, सुमन गोपाल आचार्य र हरिचन्द्र लामिछाने रहेका छन् ।

महासचिव पदमा रामहरी सिलवाल निर्वाचित भएका छन् । सिलवालले १४८ मत ल्याउँदा उनका प्रतिस्पर्धी जयराम खनालले ११८ मत प्राप्त गरे । सचिव पदमा भवानीप्रसाद पौडेल (२१९), जीवन लामा गोले (१६७), बलराम पन्त (१५५), पारस श्रेष्ठ (१४५), यमबहादुर रोका (१४५), कृष्णप्रसाद पौडेल (१४३) र राजेश कार्की (१४३) निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा शिवप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् भने सह–कोषाध्यक्षमा शंकर भट्टराई निर्वाचित भएका छन् । यस्तै, खुला सदस्य, आजीवन सदस्य तथा विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यहरू पनि निर्विरोध रूपमा चयन भएका छन् ।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको महाधिवेशनको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका थिए ।
महाधिवेशनले हिसानको आगामी कार्यदिशा तय गर्दै निजी शिक्षाको भूमिकालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर