पाँच रुपियाँ भन्दा वढिमा माक्स नवेच्न निर्देशन

खबर पूर्वाञ्चल, २३ बैशाख २०७८, बिहीबार १३:४१

इटहरी / इटहरी उपमहानगरले सर्जिकल माक्स पाँच रुपियाँ भन्दा वढिमा नवेच्न निर्देशन दिएको छ ।

आज वजार अनुगमनका क्रममा दुईदेखि तीन रुपियाँ खरिद मूल्य रहेको माक्स पाँच रुपियाँ भन्दा वढि मूल्मा नवेच्न निर्देशन हो । जिल्ला प्रशासन कार्यालय,उपभोक्ता अधिकारकर्मी, प्रहरी र संचारकर्मीसहितको टोलीले अनुगमन गर्दा १० रुपियाँमा वेच्ने गरेको पाइएको छ ।

अनुगमनका क्रममा माक्स खरिद मूल्य भन्दा पाँच गुणासम्म वढिमा वेच्ने गरेको पाइएको इटहरी उपमहानगर राजश्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले जानकारी दिए ।
पाँच वटा औषधी पसलको अनुगमन गर्दा चार वटाले त सर्जिकल माक्स खरिद गरेको विल समेत देखाएनन । ९० रुपियाँ खरिद मूल्य रहेको सेनिटाइजर १ सय ६५ रुपियाँमा वेचेको पाइएको छ । राजश्व प्रशासन शाखा प्रमुख भट्टराईले तत्काललाई वढि मुनाफा राखेर नवेच्न सचेत गराइएको,सर्जिकल माक्स पाँच रुपियाँ भन्दा वढिमा नवेच्न निर्देशन दिइएको वताए ।

निर्देशन पालना गराउन थप कडाइका साथ अघि वढने भटटराईले वताए । खरिद मूल्य र अधिकतम विक्री मूल्यको अन्तर धेरै पाइएकाले अव उद्योगमै पुगेर समेत अनुगमन गरिने उनले वताए । भट्टराईले भने “सर्वसाधारण माक्स किन्न नसकेर एउटै माक्स धोएर लगाइरहेका छन,वजारमा यस्तो छ,पाँच रुपियाँमा वेच्दा दोब्वर वढि फाइदा हुन्छ ।” किन पाँच रुपियाँमा नवेच्ने उनले विक्रेताहरुलाई प्रश्न गरे ।

अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले २ रुपियाँ खरिद मूल्य परेको माक्स १० रुपियाँमा वेच्न नमिल्ने वताए । उनले माक्स र सेनिटाइजरमा वढि मूनाफा राखेको पाइएकाले यसलाई नियन्त्रण गर्न उपमहानगर,जिल्ला प्रशासन र राजश्व कार्यालयको वैठक वसेर तीन दिनभित्रमा रिजल्ट आउने गरि एक्सन गरिने वताए ।

आजै इटहरी उपमहानगरले हटियाँ लाइनका थोक सब्जि पसलहरुको समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा हटिया लाइनका भाँडा पसलहरु पनि खुल्ला रहेका पाइए । अनुगमन टोली पुगेपछि हतार हतार वन्द गरेका देखिन्थे । इटहरी उपमहानगरपालिकाले निरन्तर वजार अनुगमन गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५