AArya
RUMPUM
animated ellipse animated ellipse

जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार रामचन्द्र अधिकारीलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ आश्विन २०८०, बिहीबार १६:३२
198
Shares
विराटनगर / जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार – २०८० पत्रकार रामचन्द्र अधिकारीलाई समर्पण गरिएको छ।

प्रेस चौतारी नेपाल मोरङको संयोजकत्वमा प्रत्येक बर्ष मैनालीको स्मृतिमा वितरण गरिने पुरस्कार विराटनगरका पत्रकार अधिकारीलाई समर्पण गरिएको हो ।

नेपाल पत्रकार महासंघको सभाहलमा आज आयोजित कार्यक्रममा पत्रकार अधिकारीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा मैनालीकी धर्मपत्नी कमला मैनालीले संयुक्त रुपमा समर्पण गरे।

प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाको अध्यक्षतामा सम्पन्न पुरस्कार समर्पण कार्यक्रममा पत्रकार अधिकारीलाई सम्मानपत्र सहित पुरस्कारको राशी १५ हजार ५ सय रुपैंया समेत समर्पण गरिएको थियो।

लामो समय देखि पत्रकारितामा संलग्न अधिकारीलाई पत्रकारिताको माध्यमबाट प्रेस तथा नागरिक स्वतन्त्रा आन्दोलन र मोफसलमा रहेर पनि विज्ञान विधागत पत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै पुरस्कार समर्पण गर्ने निर्णय गरिएको पुरस्कार छनोट समितिका संयोजक तथा प्रेस चौतारी मोरङ इन्चार्ज कमल रिमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर