AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

म्यानेजर बनेर व्यवसायीलाई सहयोग गर्छौ : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ चैत्र २०७८, आईतवार १७:५६
225
Shares
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले म्यानेजर बनेर उद्योगी, व्यवसायीहरूलाई सहयोग गर्ने बताएका छन् ।

मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको १० दिने ट्रेड एक्स्पोको समापन कार्यक्रममा आज बोल्दै मुख्यमन्त्री राईले ऐन नियम र शान्ति सुरक्षा शुव्यवस्थापन कायम गरेर सरकारले म्यानेजर बनेर सहयोग गर्ने बताएका हुन् ।

‘तपाइहरू मेन एक्टरको रूपमा अगाडी बढनुहोस् । तपाईहरूलाई सहज हुने गरि हामी ऐन, नियम र कानुन बनाएर सहजिकरण गरिदिनेछौं,’ मुख्यमन्त्री राईले भने । यस्ता एक्स्पो आर्थिक विकासको लागि कडि बन्ने उनले बताए । ‘राष्ट्रिय पूजीको विकास र आर्थिक विकासले यस्ता एस्पोहरूले ठूलो भूमिका खेल्लनेछ । यस्ता एस्क्पोले आर्थिक गतिविधीहरू चलायमन हुन्छ,’ मुख्यमन्त्री राईले भने, ‘आफ्नो उत्पादनलाई वृद्धि र राष्ट्रिय पुजीलाई बढाउन यस्तो एस्पोकाले निरन्तार पाउनुपर्छ ।’

प्रदर्शनी स्थलको कामको प्रक्रिया अगाडी बढाउन एउटा मिटिङको आयोजना गरि प्रक्रिया अगाडी बढाउनुपर्नेमा उनले जोड दिए । ‘प्रदर्शनी स्थलको लागि एउटा मिटिङ्ग राख्यौ । बजेटको बिनायोजन गरि सम्पन्न गरिने गरि कामको आरम्भ सुरू गरौं,’ उनले भने ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले दिगो आर्थिक विकासको लागि औद्योगिक प्रर्दशन स्थाल बनाउन जरुरी रहेको बताए । ‘कुनै पनि बहानामा औद्योगिक प्रर्दशनी स्थल रोक्नु हुदैन । जसरी पनि बनाउनु पर्दछ । त्यसमा विराटनगर महानगरपालिकाले तयार रहेको छ,’ उनले भने, ‘मुलकुलाई समृद्ध विकास तर्फ अगाडी बढाउन तीन तहको सरकारले निजी क्षेत्रसँग समन्वय र सहकार्य गरि अगाडी बढनुपर्दछ ।’

विराटनगरमा प्रदर्शनीस्थल नहुनु दुखद–उद्योगीहरु
विराटनगरमा प्रदर्शनीस्थल नहुनु दुखद भएको उद्योगी–व्यवसायीहरूले बताएका छन् । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले विराटनगरमा प्रदर्शनीस्थल बनाउन नदिन केही तत्वहरू लागिपरेको बताए ।

कतिपय स्वदेशी उत्पादनले बजार नपाएर उत्पादनको पहिचान गराउन पाएका छैनन्ु रिजालले भने, ‘विशेष गरेर पहाडी क्षेत्रमा उत्पादन भएका जडिबुटी, फलफूल तथा साना मझौला हस्तकला व्यवसायहरू ओझेलमै परिरहेका छन् । यस्ता औद्योगीक उत्पादनका लागि अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थलको निर्माण भएमा थप उद्योग व्यवसायको सम्भावना बढेर जान्छ ।’

११ दिनका लागि करिब तीन करोड खर्च गरेर एक्स्पो सञ्चालनका लागि संरचना निर्माण र्गयौ उनले थपे, ‘यो सिम्बोलिक रूपमा देखाउन खोजेको हो, हामीले एउटा मन्दिरको जग्गा प्रर्दशनीस्थलको लागि लिजमा लिइसकेको भएपनि हामीले प्रर्दशनी स्थल बनाउन नसक्ने अवस्था सिर्जना गरिएको छ, हामी यसको घोर भत्र्सना गर्छौँ ।’ प्रर्दशनी स्थल बनाउन दिएको खण्डमा यसरी अनावश्यक खर्च गर्न नपर्ने र नागरिकहरूकै पैसा बच्ने उनले बताए ।

काठमाडौँपछिको दोस्रो ठुलो सहर विराटनगर अहिले छैटौँ स्थानमा पुगेको भन्दै उनले भने, ‘काठमाडौँपछिको दोस्रो सहर विराटनगरलाई छैटौँ स्थानमा कसले र्पुयाएको हो ? यसको जिम्मेवार कसले लिन सक्छ ? पक्का पनि हामी नागरिकले आफ्नो जिम्मेवारी पूरा गरेका छौँ, यसलाई दुई नम्बरबाट ६ नम्बरमा र्पुयाउन राजनीतिककर्मी, सरकार र ब्युरोक्रेसी हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर