AArya
RUMPUM
animated ellipse animated ellipse

पटना र वाइआरसिसि मिल्स कप क्रिकेट प्रतियोगिताको अन्तिम दुईमा प्रवेश, फाइनल खेल भोली हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ चैत्र २०८१, शुक्रबार १८:४७
900
Shares
सिद्धार्थविरुद्ध बलिङ गर्दै वाइआरसिसिका बलर श्रवण यादव । तस्वीर : पुष्पराज थपलिया
पुष्पराज थपलिया
विराटनगर/भारतको हाइ परफमेन्स क्रिकेट क्लव पटना र वाइआरसिसि विराटनगर रचौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरेको छ ।

मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीको ओयाजनामा विराटनगरको मिल्स खेल मैदानमा भएको सेमिफाइनल खेलमा पटनाले विराटनगरको होइराजन क्रिकेट क्लव र विराटनगरको वाइआरसिसिले विराटनगरकै सिद्धार्थ स्पोर्टिङ क्लवलाई पारजित गर्दै अन्तिम दुईमा प्रवेश गरेको हो ।

पहिलो सेमिफाइनल खेलमा खेलमा पटनाले होराइजनलाई ५ विकेटले पराजित गरि अन्तिम दुइको यात्रा तय गरेको हो । टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित १६ ओभरमा ८ विकेट गुमाई १ सय १३ रनको सम्मानजनक स्कोर खडा गरेको थियो । होराइजनका मिनस थापाले ३७ रनको योगदानज दिए । थापाले २९ बलमा ४ छक्का र २ चौका प्रहार गरे । त्यस्तै फिर्दोस अन्सारी १७ रन बाहेक अन्य ब्याटरको ब्याटबा रन बनेन । पटनाका रिषव राकेशले ३ विकेट लिँदा विक्की रञ्जनले २ विकेट लिए ।

१ सय १४ रनको लक्ष्य पाएको पटनाले १४ दशमलव ४ बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । पटनाको जितमा प्लेयर अफ म्याच विक्की रञ्जनले १९ बलमा ३ छक्का र ३ चौका प्रहार गरि अविजित ३४ बनाउँदा अनुज रञ्जनले पनि अविजित २७ रन बनाए । होराइजनका फिर्दोस अन्सारीले सर्वाधिक ३ विकेट लिए ।

दोस्रो खेलमा नेपालको युथ–१९ का पूर्व अन्तराष्ट्रिय खेलाडी सम्मिलित वाइआरसिसि क्रिकेट क्लवले सिद्धार्थ स्पोर्टिङ क्लवलाई ६ विकेटले पराजित गरेको छ ।

टस हाररे ब्याटिङ पाएको सिद्धार्थले निर्धारित २० ओभरको खेलमा १३ दशमलव ४ बलमा सवै विकेट गुमाई ७७ रनमा सिमित भयो । सिद्धार्थका अविनाश कर्णले २० रन बनाउँदा मुकेश यादवले १९ रन बनाए । वाइआरसिसिका प्लेयर अफ म्याच नेपालका पूर्व यू–१९ का खेलाडी रामनरेश गिरिले किफायती बलिङ गर्दै ४ ओभरमा १७ रन दिएर ६ विकेट लिँदा नरेश राउद र अमित श्रेष्ठले समान २–२ विकेट लिए ।

७८ को सामान्य लक्ष्य पछ्याएको वाइआरसिसिले ७ दशमलव ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो । वाइआरसिसिको जितमा इम्रान शेखले ३० रन बनाउँदा शंकर रानाले १८ रन र नेपाली राष्ट्रिय टोलीका खेलाडी लोकेश बमले १४ रन जोडे । सिद्धार्थका श्रवण यादवले २ विकेट लिँदा विन पुनले पनि २ विकेट लिए । फाइनल खेल भोली १२ बजेदेखि मिल्स खेल मैदानमा हुने आयोजक समितीका अध्यक्ष मुरली चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर