AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मार्टस मेमोरियल स्कुलद्वारा अभिभावकहरुसँग ‘होली मिलन’ कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ फाल्गुन २०८२, सोमबार १६:३२
144
Shares
विराटनगर/विराटनगर–१० मा रहेको मार्टस मेमोरियल स्कुलले सोमबार भव्य रूपमा ‘होली मिलन’ कार्यक्रम आयोजना गरेको छ ।

विद्यालयले अभिभावकहरूलाई विद्यालय परिसरमा निमन्त्रणा गरी रङहरूको पर्व होली मनाएको हो ।

समाजमा आपसी भाइचारा, सद्भाव र एकता कायम गर्न मद्दत पुग्ने उद्देश्यले अभिभावकहरूलाई समेत सहभागी गराएर होली मनाइएको विद्यालय प्रशासनले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी विराटनगर महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष अर्जुन गिरीले विद्यालयको यस कार्यको प्रशंसा गरे । उनले केवल विद्यार्थीलाई मात्र नभई अभिभावकहरूलाई समेत विद्यालयको गतिविधिमा जोडेर यस्ता मौलिक पर्व मनाउनु सराहनीय कदम भएको विद्यालयका संस्थापक सि एम श्रेष्ठले बताए ।

होली मिलन कार्यक्रममा उपस्थित अभिभावक, शिक्षक तथा कर्मचारीहरूले एक-अर्कामा विभिन्न रङ र अबिर लगाएर शुभकामना आदानप्रदान गरेका थिए । सो अवसरमा विद्यालयको वातावरण निकै उल्लासमय बनेको थियो ।

यसअघि मार्टस मेमोरियल स्कुलले आइतबार विद्यार्थीहरूसँग पनि होली मनाएको थियो । विद्यार्थी र अभिभावक दुवै पक्षलाई समेटेर विद्यालयले यस वर्षको होलीलाई विशेष बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर