AArya
RUMPUM
animated ellipse animated ellipse

सुकुम्बासी वस्तीका ५० परिवारलाई राहत वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ श्रावण २०७८, शनिबार १८:२८
576
Shares
विराटनगर /विराटनगरस्थित अपन विराटनगर परोपकार समूह र समृद्धि नेपालले सुकुम्बासी परिवारलाई राहत वितरण गरेको छ ।

विराटनगर–८ सुकुम्बासी टोलका ५० विपन्न तथा कोभिड र बाढीबाट प्रभावित परिवारलाई चामल, तेल, नुन, दाल, सेनिटाइजर, साबुन र माक्स हस्तान्तरण गरिएको थियो । समाजसेवी पुनम गिरीका पिता गणेश गिरीको स्मृतिमा संस्थामार्फत राहत वितरण गरिएको समृद्धि नेपालकी अध्यक्ष माया ओझाले जानकारी दिइन् ।

कोरोनाका कारण रोजगारी गुमाएका सुकुम्बासी परिवारलाई राहत वितरण गरिएको संस्थाले जनाएको छ । राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइराला, नेपाल प्रजातान्त्रिक महासंघ प्रदेश १ का अध्यक्ष रामचन्द्र गौतम, समाजसेवी रीता पोखरेल रेग्मी, अपन विराटनगरकी अध्यक्ष वसुन्धरा झा समाजसेवी राजेशकुमार झा, राजकुमार साह, भागेसी झा, शान्ता नेपाल, हिराकाजी श्रेष्ठ, सुधिर रेग्मी, दीपक ढुंगेललगायतले राहत वितरण गरे । यसअघि पनि दुवै संस्थाले महानगर क्षेत्रभित्रका विभिन्न वडाका १ हजार ३ सय परिवारलाई राहत वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर