AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खेलकुद महासंघका अध्यक्ष बस्नेत एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ पुष २०८२, बिहीबार १६:००
405
Shares
विराटनगर/ नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत नेकपा एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्।

महाधिवेशनमा खुला समूहबाट उम्मेदवारी दिएका बस्नेत ११३७ मत प्राप्त गर्दै केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।

एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य एवम् विराटनगर महानगरपालिका इञ्चार्ज समेत रहेका बस्नेतले महाधिवेशनमा अध्यक्षमा निर्वाचित केपी ओलीको समूहबाट उम्मेदवारी दिएका थिए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका संस्थापक सदस्य(सचिव बस्नेतको युवा, खेलकुदकर्मी माझ लोकप्रिय युवा नेताको छवि रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर