AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ट्रक चालक तथा सहचालकका लागि निःशुल्क आँखा शिविर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ पुष २०८२, बुधबार १७:५७
54
Shares
विराटनगर / विराटनगर ट्रक व्यवसायी संघको आयोजनामा आज ट्रक चालक तथा सह–चालकहरूका लागि निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ मोरङ शाखाको सहकार्यमा शिविर आयोजना गरिएको विराटनगर ट्रक व्यवशायी संघका अध्यक्ष सञ्जीव सिग्देलले जानकारी दिए।

मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा रहेको संघको ट्रक पार्किङ स्थलमा आयोजित शिविरमा चालक, सहचालक र अन्यसमेत गरी एकसय दुई जनाले सेवा लिएको सिग्देलले जानकारी दिए ।

चेकजाँचका क्रममा आवश्यक औषधि निःशुल्क तथा चश्मा सहुलियत दरमा प्रदान गरिएको थियो । पाँच जनामा मोतियाविन्दुको समस्या देखिएकोमा उनीहरुको विराटनगर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर