मोरङमा ५९८ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा १,४६५ जना संक्रमण मुक्त, थपिए ५०७ जना संक्रमित

खबर पूर्वाञ्चल, २६ जेष्ठ २०७८, बुधबार १८:१६

विराटनगर/ पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ हजार ४६५ जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् ।

सवैभन्दा बढी मोरङबाट ५९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा यता ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीमा १६५, झापामा १३२, मोरङमा ११९, पाँचथरमा ५४, इलाममा ८, धनकुटामा ६, ते¥हथुममा ४, भोजपुर र उदयपुरमा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सुनसरीको इनरुवामा ६२, धरानमा ३७, इटहरीमा ३४, देवानगञ्जमा १४, दुहवीमा ७, बराहक्षेत्रमा ६, रामधुनीमा ३, गढी र कोशी गाउँपालिकामा १–१, झापाको दमकमा ३७, भद्रपुरमा २२, विर्तामोडमा २०, अर्जुनधारामा १२, कनकाई र शिवसताक्षीमा ८–८, बा¥हदशीमा ७, गौरीगञ्जमा ५, मेचीनगर, बुद्धशान्ति र कचनकवलमा ३–३,कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२, मोरङको विराटनगरमा ६३, उर्लाबारीमा १६, बेलबारी र बुढीगंगामा ७–७, कटहरी र सुन्दरहरैचामा ४–४, केराबारी र रंगेलीमा ३–३, कानेपोखरी र धनपालथानमा २–२, रतुवामाई, सुनबर्षी, जहदा, ग्रामथान र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि फिदिममा ५१, हिलिहाङमा १ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिका, रोङ र स्थानीय तह नखुलेका २–२, सुर्योदय र माईमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, छथरमा २ र स्थानीय तह नखुलेका १, ते¥हथुमको म्याङलुङमा ३ र आठराईमा १ , भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका २, उदयपुरको चौदण्डीगढी, उदयपुरगढी र त्रियुगामा १–१, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६३ हजार ८२० पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ५८१ रहेको छ । प्रदेश १ मा आज १ हजार ६५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २२४ पुरुष र २८३ जना महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५