animated ellipse animated ellipse

अभिनेता इरफान खानको निधन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ बैशाख २०७७, बुधबार १५:०८
3
Shares
विराटनगर / वलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा आज निधन भएको छ ।

५४ वर्षीय खानको आज बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो । उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए । खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो ।

अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए । गत वर्ष खान गम्भीर अस्वस्थ भएर लामो समय लण्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो । लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए । गत वर्ष उनले एउटै मात्र फिल्म ‘अंग्रेजी मिडियम’ मा काम गरेका थिए । सो फिल्ममा काम गर्दा पनि उनको अवस्था ठीक थिएन ।

खानकी आमा सईदा बेगमको ९५ वर्षको उमेरमा शनिबार मात्र निधन भएको थियो । लकडाउनको कारण इरफान आफ्नी आमाको अन्तिम यात्रामा पनि उपस्थित हुन सकेका थिएनन् । उनले भिडियो कलमार्फत आमाप्रति श्रद्धान्जली प्रकट गरेका थिए ।

मार्च २०१८ मा इरफानलाई आफ्नो रोग थाहा भएको थियो। उनी आफैँले यो खबर सार्वजनिक गरेका थिए। लण्डनमा उचपारपछि उनी २०१९ अप्रिलमा भारत आएका थिए। भारत आएपछि उनले ‘अंग्रेजी मीडियम’ फिल्मको सुटिङ गरेका थिए। राजस्थानको जयपुरमा सन् १९६७ मा जन्मिएका खानको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको ’अंग्रेजी मिडियम’ हो । उनले सन् १९८८ मा रिलिज भएको सालम बम्बे मुभिबाट करियर सुरु गरेका थिए। उनलाई सन् २०११ मा भारतको प्रतिष्ठित पद्यमश्री अवार्डबाट सम्मानित गरिएको थियो।

कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार लगायत फिल्ममा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर