पूर्वाञ्चल खबर
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा इनरुवा नगरपालिका ४ का ३३ बर्षीय कृष्णकुमार मेहताको साथबाट १ सय ९७ ग्राम ६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
ब्राउन सुगरसहित पक्राउ परेका मेहताको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।