animated ellipse animated ellipse

पूसोममा भर्ना भएका नयाँ विद्यार्थी लक्षित एक दिने अभिमुखीकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ मंसिर २०७९, बुधबार १९:००
270
Shares
विराटनगर / विराटनगरस्थित पूर्वाञ्चल यूनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (पूसोम) मा नयाँ ब्याचमा भर्ना भएका विद्यार्थी लक्षित एक दिन अभिमुखीकरण सम्पन्न भएको छ ।

कलेजले नयाँ सत्रकालागि २६ औं ब्याचमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई लक्षित गरेर एक दिन अभिमुखीकरण कार्यक्रम गरेको हो । प्राध्यापक र विद्यार्थी सम्मिलित सभालाई सम्बोधन गर्दै पूर्वाञ्चल विश्व विश्वविद्यालय ब्यवस्थापन संकायका डीन प्रा.डा. विजुकुमार थपलियाले आफ्नो स्थापनाको झण्डै तीन दशकमा पूसोमले ब्यवस्थापन शिक्षाको क्षेत्रमा राष्ट्रब्यापीरुपमा प्रतिष्ठित छवि बनाउन सफल भएको बताए ।

उनले नेपालमैं पहिलो पटक बिबिए प्रोग्राम शुरुआत गर्ने गरिमा प्राप्त गरेको पूसोमले स्थापना काल देखिनै अनुभवी प्राध्यापकहरुबाट अध्यापन गराउँदै आएको बताए । डीन डा. थपलियाले मिहेनत, लगनशीलता र रचनात्मक चिन्तनले मात्र आफुलाई अब्बल साबित गर्न सकिने भएकाले दत्तचित्त भएर अध्ययनमा जुट्न भर्ना भएका विद्यार्थीहरुलाई आग्रह समेत गरे ।

कलेजका निर्देशक प्रशान्तकुमार लालले पूसोमबाट उच्च शिक्षा लिएका सयौं विद्यार्थीहरु नेपालसहित विश्वका प्रतिष्ठित संस्थाहरुको सफलतापुर्वक नेतृत्व गरिरहेको बताए । अनुभवी प्राध्यापक,ब्यवस्थापन तथा विद्यार्थीहरुको लगनशीलताले मोफसलका कलेजहरु मध्ये पूसोमले आफ्नो उच्च छवि निर्माण गर्न सफल भएको बताए ।

प्रा.डा.जीवन ढकालले पूसोमले विद्यार्थीको उज्वल भविष्यलाई ध्यान राखेर समयसापेक्ष सिलेबशहरु परिर्वतनगरि अध्यापन गराउँदै आएको जानकारी दिए । विक्रम सम्ब्त २०५४ सालमा पूसोमको स्थापना भएको जनाईएको छ ।

नयाँ सत्रकालागि उक्त कलेजमा ४ बर्षे विविए कोर्षका लागि ८० जना र २ बर्षे एमविएका लागि २० जनाले प्रवेश परीक्षा पास गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर