पूर्वाञ्चल खबर

उनले नेपालमैं पहिलो पटक बिबिए प्रोग्राम शुरुआत गर्ने गरिमा प्राप्त गरेको पूसोमले स्थापना काल देखिनै अनुभवी प्राध्यापकहरुबाट अध्यापन गराउँदै आएको बताए । डीन डा. थपलियाले मिहेनत, लगनशीलता र रचनात्मक चिन्तनले मात्र आफुलाई अब्बल साबित गर्न सकिने भएकाले दत्तचित्त भएर अध्ययनमा जुट्न भर्ना भएका विद्यार्थीहरुलाई आग्रह समेत गरे ।
कलेजका निर्देशक प्रशान्तकुमार लालले पूसोमबाट उच्च शिक्षा लिएका सयौं विद्यार्थीहरु नेपालसहित विश्वका प्रतिष्ठित संस्थाहरुको सफलतापुर्वक नेतृत्व गरिरहेको बताए । अनुभवी प्राध्यापक,ब्यवस्थापन तथा विद्यार्थीहरुको लगनशीलताले मोफसलका कलेजहरु मध्ये पूसोमले आफ्नो उच्च छवि निर्माण गर्न सफल भएको बताए ।
प्रा.डा.जीवन ढकालले पूसोमले विद्यार्थीको उज्वल भविष्यलाई ध्यान राखेर समयसापेक्ष सिलेबशहरु परिर्वतनगरि अध्यापन गराउँदै आएको जानकारी दिए । विक्रम सम्ब्त २०५४ सालमा पूसोमको स्थापना भएको जनाईएको छ ।
नयाँ सत्रकालागि उक्त कलेजमा ४ बर्षे विविए कोर्षका लागि ८० जना र २ बर्षे एमविएका लागि २० जनाले प्रवेश परीक्षा पास गरेका छन् ।