खबर पूर्वाञ्चल
स्ववियू सभापति रोहित यादवको कार्यकक्षको दराज भित्र २ वटा खुकुरी आज फेला परेको हो । घटना लगत्यै वडा प्रहरी कार्यालय विराटनगरबाट आएको टोलीले घटनाबारे अनुसन्धान थालेको छ ।
फेला परेको खुकुरी वडा प्रहरी कार्यलयबाट आएका प्रहरी निरीक्षक अप्रिल चापागाईको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको छ । स्ववियु सभापति कार्यकक्षको दराजमा भेटिएको हतियार खुकुरीबारे आफुलाई केही थाहा नभएको स्ववियु सभापति रोहित यादवको भनाई छ ।