ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बुढानिलकण्ठ स्कुलमा बार्षिक पूरस्कार वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ माघ २०८१, सोमबार १८:२३
108
Shares
विराटनगर / शिक्षाक्षेत्रमा सदैब अग्रणी स्थान हासिल गर्न सफल विराटनगर – २ स्थित बुढानिलकण्ठ अंग्रेजी मा.वि मा वार्षिक पुरस्कार वितरण गरेको छ ।

आज स्कुलमा एक कार्यक्रमको आयोजना गरेर गत शैक्षिकसत्र २०८० को हरेक कक्षाबाट प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुका साथै वर्षभरी साप्ताहिक खेलकुदमा तथा सह–शिक्षण कार्यक्रममा प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुलाई पनि पुरस्कार तथा प्रसंसापत्र वितरण गरेको हो ।

शैक्षिक पुरस्कार तर्पm शैक्षिकसत्र २०८० का लागि कक्षा नर्सरीदेखि यूकेजीसम्मकै उच्चतम अंक ल्याउने छात्रा अपेक्षा माझीलाई नगद पुरस्कार तीन हजार, कक्षा १ देखि ५ सम्मको उच्चतम अंक ल्याउने छात्र श्रेयन दाहाललाई नगद पुरस्कार चार हजार र कक्षा ६ देखि ८ सम्मको उच्चतम अंक ल्याउने छात्रा सनिसा शाक्यलाई नगद पुरस्कार छ हजार र कक्षा नौबाट उच्चतम् अङ्क प्राप्त गर्ने छात्र कृतार्थ श्रेष्ठलाई विद्यालयका संस्थापक खगेन्द्र पाण्डे र ज्ञानु पाण्डेका तर्फबाट फाउण्डर्स अवार्ड नगद १० हजार पाँचका साथै शैक्षिकसत्रका उक्त पुरस्कृत विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृत्ति, मायाको चिनो तथा प्रसंसापत्र आ–आफ्ना अविभावकका साथ स्कुलका प्रिन्सिपल मणीराज भट्टराई र अध्यक्ष बुद्धिबहादुर प्रधानले संयुक्त रुपमा प्रदान गरे ।

स्कुलमा हरेक कक्षामा प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुलाई मासीक शुल्कमा क्रमश: ७५%, ५०& र २५% छुट दिने ब्यवस्था पनि गरिएको छ ।

पुरस्कारकैक्रममा स्कुलकै उत्कृष्ट छात्रको उपाधी कृतार्थ श्रेष्ठ, उत्कृष्ट छात्राको उपाधी सुजता थापा र उत्कृष्ट अलराउण्डरको उपाधी साइका सिंहले प्राप्त गरेका थिए ।

हाउस तर्फ हरेक बुधवार हुने कार्यव्रmम तथा अन्य सम्पुर्ण शैक्षिक गतिविधीको आधारमा धेरै अंक प्राप्त गरेर ब्लु हाउस विजेता भएको थियो । उक्त कार्यक्रममा स्कुलका प्रिन्सिपल भट्टराईले पुरस्कार पाउने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिए । कार्यक्रमको ब्यवस्थापनका साथै उद्घोषण स्कुलका सञ्चालक सन्देश सुबेदीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर