AArya
RUMPUM
animated ellipse animated ellipse

बुढीगंगा गाउँपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ असार २०८२, बिहीबार १८:१३
63
Shares
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिकामा शुक्रबारदेखि अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता सुरु हुने भएको छ।

बुढीगंगा गाउँ युवा परिषद् आज विराटनगरमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिता शुक्रबारदेखि सुरु हने जानकारी दिएका हुन्।

प्रतियोगितामा बुढीगंगा गाउँपालिकाका सातवटै वडा र एक विद्यालयस्तरीय टोली गरी ८ टिमको सहभागिता रहने बुढीगंगा गाउँ युवा परिषद् सदस्य सचिव कृष्णप्रसाद भट्टराईले बताए। नकआउट चरणका खेलहरू असार १३ देखि १६ गतेसम्म सञ्चालन हुने छन्। सेमिफाइनल खेल असार १८ र १९ गते तथा फाइनल खेल असार २१ गते हुने सदस्य सचिव भट्टराईले जानकारी दिए।

प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।

फुटबल प्रतियोगिता बुढीगंगा गाउँपालिका वडा नं. ६ स्थित सुक्चर खेल मैदानमा हुनेछ। सेमिफाइनल खेल श्री कर्मविर माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिने छ।
१२ लाख रुपैयाँ खर्चमा आयोजना हुने प्रतियोगिताको उद्घाटन बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर