ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

वडाध्यक्षको भैँसी मरेको भन्दै पशुपन्छी शाखा प्रमुख साहलाई काम काजमा रोक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ माघ २०८१, शुक्रबार १८:३९
243
Shares
विराटनगर / मोरङको केराबारी गाउँपालिकामा गलत तरिकाले औषधि खुवाउँदा वडाध्यक्षको भैँसी मरेको भन्दै पशुपन्छी शाखा प्रमुखलाई काम काजमा रोक लगाइएको छ ।

उपचार गर्ने क्रममा भैँसी मरेपछि कामकारबाहीमै रोक लगाएर पशुपन्क्षी शाखाका प्रमुख सहदेव साहमाथि गाउँपालिकाले छानबिन अघि बढाएको हो । साहलाई बिहीबारबाट गाउँपालिकामा हाजिर गर्न रोक लगाइएको छ ।

छानबिनका लागि गाउँपालिकाको कृषि तथा सहकारी शाखा प्रमुख टेकप्रसाद बाँस्तोलाको संयोजकत्वमा पशु प्राविधिक र जनप्रतिनिधिसहितको ३ सदस्यीय समिति गठन गरिएको छ । समितिले घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउने र उपचारका क्रममा गल्ती भए नभएको यकिन गर्ने जिम्मेवारी पाएको छ ।

घटनास्थल मुचुल्का उठाएर परीक्षणका लागि मृत भैँसीको नमुना संकलन गरिएको संयोजक बाँस्तोलाले बताए । परीक्षणको ‘रिपोर्ट’ आइसकेपछि थप कारबाही अघि बढाउने गाउँपालिकाको तयारी छ । पशुपन्क्षी शाखाका प्रमुख साहले उपचार गर्ने क्रममा केराबारी गाउँपालिका–३ का वडाध्यक्ष रामचन्द्र शाहीको भैँसी मरेको थियो । भैँसी गत मंगलबार मरेको हो । भैँसी मरेपछि वडाध्यक्षसहित केही गाउँलेहरु गाउँपालिकामा ‘डेलिगेसन’ गएका थिए । वडाध्यक्ष शाहीले दुई पक्षलाई राखेर छलफल गराई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्दै गाउँपालिका र इलाका प्रहरी कार्यालय केराबारीमा निवेदनसमेत दिए ।

प्रहरीमा आज छलफल भएको थियो । तर, छलफलका क्रममा साहले आफूबाट कुनै गल्ती नभएको बताऐ । वडाध्यक्ष शाहीले भने पशुपन्छी शाखा प्रमुख साहको लापरबाहीले आफ्नो भैँसी मरेको बताए । ‘घरमा १ महिना ७ दिनको सुत्केरी भैँसी थियो । दैनिक १२ लिटरसम्म दूध दिन्थ्यो । नाम्लेको लक्षण देखिएपछि गाउँपालिकाबाटै पशु स्वास्थ्यकर्मी झिकाएर देखायौं । औषधि खान दिए । तर, भैँसी मर्याे,’ उनले भने । उनका अनुसार सुत्केरी भएको २२ दिनमै नाम्लेको औषधि खुवाइसक्नुपर्नेमा ढिलो भएको भन्दै २ बोतल (प्रतिबोतल १ सय मिलिलिटर) औषधि एकैपटक खुवाउनु भनेर साहले दिएका थिए । विहान ७ बजे औषधि खुवाएको भैँसी करिब ३ घण्टापछि छटपटाउन थालेको शाहीले बताए । ‘सुत्केरी भैँसी भुइँमा ढलेर छटपटाउन थालेपछि पुनः साहलाई बोलायौं । औषधि धेरै भएकाले समस्या भएको भन्दै त्यसको असर (विष) हटाउने सुई लगाउनुपर्छ भने । एकैपटक २ वटा सुई लगाइदिए । केहीबेरमा त भैँसी मरिहाल्यो,’ उनले भने । भर्खरै ब्याएको भैँसी मर्दा आफूलाई १ लाख ४० हजार रूपैयाँ बराबरको नोक्सान भएको शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर