AArya
RUMPUM
animated ellipse animated ellipse

कलेज अफ ल द्वारा कानूनकाविद्यार्थीहरूलाई अभिमुखिकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ बैशाख २०८२, बिहीबार १९:१८
225
Shares
विराटनगर / पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल ले कानूनमा स्नातक (एलएल. बी.) र स्नातकोत्तर (एलएल. एम.) तहमा अध्ययनरत विद्यार्थीहरूलाई अभिमुखिकरण गरेको छ ।

कलेजले एक कार्यक्रमको आयोजना गरी एलएल. बी. र एलएल. एम. मा अध्ययनरत विद्यार्थीहरूलाई स्वागत गर्र्दै अभिमुखिकरण गरेको हो । स्नातकतहमा पाँच वर्षे बी.ए. एलएल. बी. र तीनवर्षे एलएल. बी. अध्यापन गराउँदै आएको कलेज अफ ल ले चालु शैक्षिक सत्रदेखि कानूनमा स्नातकोत्तर तहको एलएल. एम. तहको अध्यापन शुरू गरेको छ ।

एलएल. एम. मा ५० जनाविद्यार्थी भर्ना भएका छन् । एलएल. बी. मा भने ६० जनाविद्यार्थी भर्ना भएका छन् । चार वर्षदेखि बी.ए. एलएल. बी. मा एउटा सेक्सन सञ्चालन गर्दै आएको कलेजले चालु शैक्षिक सत्रदेखि एक सय २० जना विद्यार्थी भर्ना लिएर दुई वटा सेक्सनमा अध्यापन गर्न शुरू गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विजुकुमार थपलियाले एलएल. एम. तहमा स्वदेश र विदेशका दक्ष प्राध्यापकहरूबाट अध्यापन गराउने जानकारी दिए । कलेज अफ ल ले स्नातक तहको पाँच वर्षे बी. ए. एलएल. बी., तीन वर्षे एलएल. बी., स्नातकोत्तर तहको दुई वर्षे एलएल. एल. कार्यक्रम सञ्चालन गर्दै आएको छ । पाँच वर्षे बी. ए. एलएल. बी. को पहिलो, दोस्रो र तेस्रो वर्षका कक्षाहरू दिउँसो सञ्चालन हुन्छन् भने चौथो र पाँचौ वर्षका कक्षाहरू विहान सञ्चालन हुन्छन् ।एलएल. बी. र एलएल. एम का कक्षाहरू भने साँझको समयमा सञ्चालन हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर