AArya
RUMPUM
animated ellipse animated ellipse

संविधान अझै थप्न र परिमार्जन गर्नका लागि समीक्षा हुन्छ : अध्यक्ष प्रचण्ड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ बैशाख २०८२, आईतवार १८:२२
54
Shares
विराटनगर / पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीहरुमा रोग लागेको र त्यसको उपचार गर्न समीक्षा जरुरी भएको बताएका छन् ।

विराटनगरमा आज आयोजित हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव समारोहमा उनले यस्तो बताएका हुन् ।

संविधान जारी गर्दा नै दलहरुबीच १० वर्षपछि समीक्षा गर्ने प्रतिबद्धता जनाएको भन्दै प्रचण्डले त्यसको लागि समय आएको बताए । यद्यपि संविधानको समीक्षा गर्दा पछाडि फर्कन नसक्ने उनले स्पष्ट पारे ।

‘संविधानको समीक्षा गर्दा एउटा शर्त छ । हामी पछाडि फर्कनका लागि समीक्षा गर्दैनौं । हामी अगाडि बढ्नका लागि समीक्षा हुन्छ । जनताले प्राप्त गरेका उपलब्धीलाई खोस्नका लागि समीक्षा हुँदैन । त्यसलाई बढाउन, अझै थप्न र परिमार्जन गर्नका लागि समीक्षा हुन्छ,’ प्रचण्डले भने । प्रचण्डले तीन दलबीच शनिबार भएको छलफलमा आफूले आन्दोलनको परिभाषा गर्नुपर्नेमा जोड दिएको बताए । ‘हिंजो तीन दलको बैठक बस्दा मैले भनेको थिएँ ।

आन्दोलन केलाई भन्ने ? विद्रोह केलाई भन्ने ? के भन्ने नभन्ने विषयमा पनि एउटा परिभाषामा पुग्नु पर्छ । एउटा व्याख्या वा साझा बुझाइ हुनुपर्छ’ प्रचण्डले भने, ‘कसैले लोकतन्त्रका निम्ति, गणतन्त्रका निम्ति, इमान्दारिताका साथ अगाडि बढ्न, आन्दोलनको कुरा गर्छ, संघर्ष गर्न खोज्छ भने त्यो आन्दोलन हो । त्यसलाई संरक्षण गर्नुपर्छ । तर, कसैले लोकतन्त्रका विरुद्ध, निरंकुशताको लागि तानाशाहीको लागि कुरा गर्छ भन्ने त्यो आन्दोलन हुँदैन । त्यो अपराध हुन्छ । समाजप्रति गरेको अपराध हुन्छ ।’

कुन आन्दोलन हो रु कुन अपराध हो या गलत हो रु कुन इतिहासको धाराप्रवाह विरुद्धमा छ रु कुन इतिहासको आवश्यकता र जनताको आवश्यकतासँग तादात्म्य राख्छ भन्ने विषयमा गणतन्त्रवादी दलहरु स्पष्ट हुनुपर्ने उनको कुरा थियो । ‘कुनै एउटा परिभाषाकै आधारमा आन्दोलन, विद्रोह, क्रान्ति भन्ने पदावली प्रयोग गरिन्छ ।

निरंकुशतातिर फर्किनको लागि, तानाशाहीतिर फर्किनको लागि आन्दोलन गर्ने भनिँदैन । त्यसलाई आन्दोलन शब्द कम्तीमा पनि गणतन्त्रवादी, लोकतन्त्रवादीले प्रयोग गर्नु भएन । त्यो आन्दोलन हुनै सक्दैन,’ उनले भने, ‘त्यो इतिहास र जनताका हितविरुद्ध, लोकतन्त्रको हित र मर्मविपरीत गरिएको चालबाजी र षड्यन्त्र हुन्छ । त्यो अपराधिक नै हुन्छ । समाजविरोधी क्रियाकलाप हुन्छ । त्यो ढंगले परिभाषित गर्नुपर्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर