AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ मंसिर २०८२, बिहीबार ०९:३७
63
Shares
विराटनगर / विराटनगर ८ मा अवस्थित ग्रेडेड स्कुलले सिनियर तर्फको अन्तर हाउस हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित उक्त प्रतियोगितामा कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा हरियो हाउसबाट मनिषा राजवंशी, विराट मण्डल र रसेल थापाको टोलीले प्रथम स्थान र नविसा तिवारी ,सनाया खातुन र आयन तिवारीको पहेलो हाउसले द्वितीय स्थान हासिल गर्न सफल भयो। यता उक्त दुई टोलीलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।

प्रतियोगितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय, विज्ञान, प्रविधि, खेलकुद, अडियो, भिडियोका प्रश्नहरू सोधिएका थिए। आउने बुधबारका दिन विद्यालयले कविता लेखन तथा वाचन प्रतियोगिता गर्ने विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर