खबर पूर्वाञ्चल
विर्तमोड ५ जात्रुबारी स्थितबाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० बर्षीय रतन राजवंशी र २४ बर्षीय सुरज चौधरीलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्राम सहित पक्राउ गरेको हो । त्यस्तै विर्तामोड १ चारपाने स्थितबाट सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले विर्तामोड १ की देवी तामाङ र विर्तामोड ५ की २१ बर्षीया सिता खतिवडालाई लागूऔषध ब्राउन सुगर ४ ग्राम ४५ मिलीग्राम सहित पक्राउ गरिएको छ ।
पक्राउ परेका चारै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया