पूर्वाञ्चल खबर
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २१ जना पुगेको छ । आज देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुने कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ७ सय ३३ , ललितपुरमा १ सय ३१ र भक्तपुरमा ५३ गरी ९ सय ५७ जना संक्रमित थपिएका छन् ।