खबर पूर्वाञ्चल
अदालतका प्राङ्गणमा आयोजित कार्यक्रममा समाजसेवी गोयल, उच्च अदालत विराटनगर अन्तर्गतको इलाम इजलासमा मुख्य भई काम गर्ने न्यायाधीश किरण पौडेल र झापा जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतले संयुक्त रूपमा अनावरण गरेका हुन् ।
मूर्तिकार अभिषेक तिमिल्सिनाले निर्माण गरेको मूर्ति ६ फिट अग्लो छ ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मुख्य भई काम गर्ने न्यायाधीश पौडेलले न्यायाधीशले मात्र न्यायसम्पादन गर्न नसक्ने उल्लेख गर्दै यसमा वकिल, सरकारी वकिल, कर्मचारी, जनसमुदाय सबैको भूमिका रहने धारणा प्रकट गरे ।
न्यायाधीश पौडेलले अदालतको न्यायसम्पादनप्रति अन्य क्षेत्रबाट पनि चासोका साथ हेर्न र सकारात्मक आलोचना हुन थालेको बताए । जिल्ला न्यायाधीश बस्नेतले मूर्तिका दाताको अदालतसित कुनै पनि प्रकारको स्वार्थ र सम्बन्ध नभएको स्पष्ट पारे ।
न्यायाधीश बस्नेतले अदालतलाई कस्तो प्रकारको सेवा लिने वा नलिने भन्ने विषयमा असजिलो अनुभव हुने चर्चा गर्दै मूर्तिदाता गोयलको कुनै स्वार्थ नभएकाले मूर्तिग्रहण गरिएको जानकारी दिए । बस्नेतले न्यायकी देवीले सेवाग्राहीमा न्याय पाएको अनुभूति गराउन र सेवाप्रदायकमा निष्पक्ष र विवेकपूर्ण न्याय प्रदान गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।
वरिष्ठ समाजसेवी गोयलले भद्रपुर आफ्नो जन्मस्थल भएको हुँदा आफूलाई यहाँको भूमिमा सधैँ सेवा गर्ने इच्छा भइरहने बताए । समाजसेवी गोयलले आफू कामविशेषले बाहिरबाहिर रहने भए पनि आफू हुर्केबढेको र पढेको ठाउँ भद्रपुरप्रति सधैँ ऋणी, आभारी र कृतज्ञ भइरहने चर्चा गरे ।
कार्यक्रममा न्यायाधीशद्वय पौडेल र बस्नेतले समाजसेवी गोयललाई सम्मानपत्र प्रदान गरे ।
नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्रीले न्याय भनेको अनुभूति हो भन्ने धारणा राख्तै यस अदालतमा आइपुग्ने सबैले आफूले पाएको न्यायप्रति सन्तोष गर्ने ठाउँ हुनपर्ने जिकिर गरे । उनले न्यायकी देवीको मूर्तिले न्यायकर्मी, कानुनव्यवसायी, सेवा ग्राही र अन्य सबैमा निष्पक्ष न्यायका लागि प्रेरणा दिने विश्वास प्रकट गरे ।