हाँस्क कलाकार मनोज गजुरेलले गरे एक्स्पोका सवै स्टलको अवलोकन

खबर पूर्वाञ्चल, २५ माघ २०७९, बुधबार १७:३२
432
Shares

विराटनगर / लोकप्रिय हाँस्य कलाकार मनोज गजुरेलले विराटनगरमा जारी सीएनआई कोशी एक्स्पोका सवै स्टलहरुको स्थलगत अवलोकन गरेका छन् । कलाकार गजुरेलले मंगलबार साँझ आफ्नो प्रस्तुति समेत दिएका थिए ।

उनले उद्योग व्यवसायको प्रवद्र्धनका लागि आयोजना गरिने हरेक मेला महोत्सव र एक्स्पोहरुमा जाने कलाकारहरुले आफ्नो कला प्रस्तुतिका साथै स्टलहरुको पनि अवलोकन गरिदिए व्यवसायीहरुलाई उत्प्रेरणा हुने बताएका थिए । आफ्नो धारणा अनुसार नै आज उनले एक्स्पोका स्टलहरुमा राखिएका उत्पादनको प्रवद्र्धन गर्दै अवलोकन गरेका छन् ।

एक्स्पोमा रहेको अटोमोबाइल्स पेभेलियनसहित पाँचवटा मुख्य पेभेलियन रहेका छन् । ती पेभेलियनभित्र ३७० वटा स्टल रहेका छन् । जसमध्ये घरेलु तथा साना उद्यमीहरुले मात्रै ७२ वटा स्टल राखेका छन् । कलाकार गजुरेलले स्टलहरुको अवलोकन गर्दै विभिन्न उत्पादनहरुको जानकारी लिएका थिए ।

एक्स्पो आयोजक नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरे, उपाध्यक्ष देवेन्द्र गुप्ता, सहसंयोजक गिरीजा सारडा लगायतको आयोजक समितिका पदाधिकारीहरुले स्टलहरुको बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष घिमिरेले गजुरेलकै सुझाव अनुसार हरेक कलाकारहरुलाई एक्स्पोका स्टलहरुमा समेत अवलोकन गराउने जानकारी दिए । उनले कलाकारहरु स्टलमा पुग्दा उद्यमीहरुलाई हौसला र प्रोत्साहन मिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५