संखुवासभाको मादीमा भएको सामुहिक हत्याकाण्डका मुख्य योजनाकारसहित थप ४ जना पक्राउ गरि सार्वजनिक

खबर पूर्वाञ्चल, ४ आश्विन २०७८, सोमबार १८:००

खाँदबारी /संखुवासभाको मादी नगरपालिका– १ खोलागाउँमा भएको सामुहिक हत्याकाण्डका मुख्य योजनाकारसहित थप ४ जना पक्राउ परेका छन् ।

एकै परिवारका ६ जनाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका चारै जनाले हत्यामा सम्लग्नता रहेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ परेकाहरुलाई आज सार्वजनिक गरेको हो ।

४७ वर्षीय खड्गबहादुर कार्की घटनाका मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । यस्तै २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की पक्राउ परेको प्रहरीले बताएको छ ।

भदौ २१ गते तेजबहादुरसहित उनको परिवारका ६ जनाको हत्या भएको थियो । २७ भदौमा भतिजो लोकबहादुरलाई अभियुक्तको रुपमा सार्वजनिक गर्दै प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण बीसीले ठूलाबा तेजकुमारको व्यवहारका कारण अभियुक्तको मनमा घृणाभाव रहेको र घटना भएको दिन बिहानै उठाउँदा अचानक आवेशमा आएर घटना घटाएको देखिएको बताएका थिए ।

५५ वर्षीय तेजकुमार कार्की,उनकी आमा८२ वर्षीया पार्वती कार्की, तेजकुमारकी श्रीमती ५४ वर्षीया मनमाया कार्की, तेजकुमारकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, तेजकुमारका नाती ८ वर्षीय दिवेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । उक्त घटनामा सम्लग्न भएको आरोपमा गत भदौ २७ गते प्रहरीले पक्राउ गरी लोकबहादुर कार्कीलाई सार्वजनिक गरिसकेको छ ।

आरोपित लोकबहादुर एक्लैले चार जनालाई चिर्पटले हिर्काएर र एक जनाको भित्तामा टाउको ठेक्काएर हत्या गरेको प्रहरीले बताएको थियो । साथै यो घटनामा हुनुमा सम्पत्ति लुटपाटको योजना नभएको समेत प्रहरीको दाबी थियो । तर आज जिल्ला प्रहरी कार्यालय, संखुवासभाले घटनामा संलग्न थप अभियुक्त मात्र सार्वजनिक गरेन, योजनावद्ध रुपमा हत्या भएको समेत बताएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले आज पत्रकार सम्मेलन गरी स्थानीय बौद्धमान कार्कीको ३ पुस्ते परिवार सखाप हुने गरी भएको हत्यामा प्रकरणको मुख्य योजनाकार छिमेकी खड्गबहादुर कार्कीको योजनामा भएको जानकारी दिएको छ । खड्गबहादुरको योजनामा सुरुमा पक्राउ परेका लोकबहादुर, उनका बुवा रणबहादुर, भाई नरेश र खड्गबहादुरका छोरा हस्तबहादुर मिलेर तेजबहादुरका परिवारको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

घटनाको मुख्य योजनाकार खड्गबहादुर मृतक तेजबहादुरका काका नाता पर्छन । मृतक तेजबहादुरले धेरै पटक हेपेर गाली गर्ने गरेको कारण तेजबहादुरलाई तह लगाउने योजना अनुसार ४ जनाले हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको लोकबहादुर, खड्ग बहादुर र हस्त बहादुरले चिर्पट र अलैँची खन्ने छुराको सहयोगबाट सबैको हत्या गरेको देखिएको छ ।

नरेशले भने शव तानेर खोलासम्म पुर्याउँने र घोप्टो पार्नेमा मद्दत गरेको जनाइएको छ । घटनाको वेला मृतक नाबालकहरू दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएको देखि हस्तबहादुर र लोकबहादुरले बाटो छेकी मुख थुनी लोकबहादुरले चिर्पटले हिर्काई घाँटी बटारी हत्या गरेका थिए । हत्या पश्चात पुनः खड्गबहादुर र उनका छोरा हस्तबहादुर तथा लोकबहादुरको घरमा गई सबै जना मिली कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनी भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोक बहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरी फर्किएको अनुसन्धानबाट खुलेको छ ।

यस्तै खड्गबहादुरको योजना अनुसार तेजबहादुरको घरमा भएको सम्पत्ति समेत लुट्ने योजना रहेको अनुसन्धानबाट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५