पूर्वाञ्चल खबर
आठ महिनाकी गर्भवती भाइरस सङ्क्रमित महिलाको रक्तश्राव नरोकिँदा उपचारका क्रममा बुधबार राति ९ः३० बजेतिर मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मृतकमा कोरोना सङ्क्रमणसँगै अत्याधिक रक्तश्राव भइरहने समस्या थियो ।
महिलालाई उपचारका लागि बुधबार दिउँसो ४ः२० बजेतिर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो । उपचार सफल हुन नसक्दा पाँच घण्टाभित्रै उनको मृत्यु भएको दाहालले बताए ।
पाठेघरमा भएको सङ्क्रमणका कारण महिलालाई रक्तश्रावको समस्या देखा परेको पाइएको उनको भनाइ छ । दाहालका अनुसार रक्तश्राव नरोकिएर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोरोना सङ्क्रमित महिलालाई उपचारका लागि भर्ना गरिएको हो ।