RUMPUM
animated ellipse animated ellipse

महानगरको आयोजनामा नौमती पञ्चेबाजा सम्बन्धी तालिम सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ पुष २०८०, बुधबार १६:२०
279
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाको आयोजनामा आजदेखि नौमती पञ्चेबाजा सम्बन्धी तालिम सुरु भएको छ ।

तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले एक समारोहका बीच उद्घाटन गरिन् । समारोहलाई सम्बोधन गर्दै उपमेयर कार्कीले महानगरले भौतिक संरचनाको विकास सँगसँगै अन्य क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखेको जानकारी दिइन् । उनले महानगरले सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति, परम्परा र रितिरिवाज सम्मान गर्नुका साथै संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पछिल्लो समय सहर बजारमा समेत नौमती पञ्चेबाजाप्रतिको आकर्षण बढ्दै गएको उनको भनाइ थियो । उपमेयर कार्कीले नेपाली भौतिक संस्कृतिसँग जोडिएको नौमती बाजाको संरक्षण र सम्वद्र्धनमा महानगर गम्भीर रहेको सुनाइन् । तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर हुनसमेत कार्कीले आग्रह समेत गरिन् । तालिममा २७ जना सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर