RUMPUM
animated ellipse animated ellipse

विर्तामोडका लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी सचेतना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० आश्विन २०८०, शनिबार १७:०९
162
Shares
विराटनगर / झापाको विर्तामोडका लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी शिक्षा र सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एशोसिएसनको आयोजनामा शुक्रबार धितोपत्र बजार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विर्तामोडका लगानीकर्ताहरूले धितोपत्र बजार सम्बन्धी विभिन्न विषयमा जिज्ञासा राखेका थिए । विषेश गरी हालै राष्ट्रबैंकले निर्णय गरेको व्यक्तिगत लगानीकर्तालाई १५ करोड र संस्थागतलाई २० करोडको शेयर धितो कर्जा सीमाबारे लगानीकर्ताले चासो देखाएका थिए । विगत दुई वर्ष देखि निरन्तर घटिरहेको शेयर बजार राष्ट्रबैंकको पछिल्लो निर्णय पछि सुधारहुनेमा लगानीकर्ता आशावादी देखिएका थिए । तर, यहि कारणले धितोपत्र बजारमा ठूलो उछाल आउने संभावना भने नदेखिएको लगानीकर्ता भवानी चुडालले बताए ।

पछिल्लो १५–२० करोडको क्याप देखाउने दाँत मात्रै भएको टिप्पणी गर्दै शेयर बजारमा राष्ट्रबैंकले लगाएको क्याप पूर्ण रुपमा हटाउन सुझाव दिए । अर्का लगानीकर्ता अनिल खड्काले शेयर बजारमा लगाइएको क्याप राष्ट्रबैंकले खुकुलो पार्दै जानु सकारात्मक भएको बताए । उनले शेयर बजारमा लगाईएको क्याप पूर्ण रुपमा हटाएर लगानीको वातावरण बनाउनु आबश्यक रहेको धारणा राखे । कार्यक्रममा लगानीकर्ताहरूले शेयर बजारमा एन्आर एन्को लगानी र नयाँ स्टक एक्सचेन्जका विषयमा पनि जिज्ञासा राखेका थिए ।

सुमेरु सेक्युरिटिज ब्रोकर नं ३९, श्रीहरि सेक्युरिटिज ब्रोकर नं ५६, नेपाल इन्भेष्टमेन्ट सेक्युरिटिज ब्रोकर नं १९, साउथ एशियन बुल्स ब्रोकर नं ४३ र सेकियोर्ड सेक्युरिटिज ब्रोकर नं ३६ ले व्यवस्थापन गरेको कार्यक्रमको सहजीकरण विपिन सापकोटाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर