खबर पूर्वाञ्चल
सर्वदलीय बैठकपछि विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको हो । मतगणना सुरु गर्ने निर्णयसँगै मतपेटिका खोलेर मत मिलाउने काम सुरु भएको छ ।
विराटनगर १,२,१६,१७,१८ र १९ नम्बर वडाबाट गणना सुरु गरिने मुख्य निर्वाचन कार्यलय विराटनगरका सुचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।
विराटनगरमा गठबन्धनबाट मेयरमा कांग्रेसका नागेश कोइराला, एमालेबाट सागर थापा र स्वतन्त्रबाट उमेश यादव उठेका छन् ।
विराटनगरमा कुल १९ वटा वडाहरु रहेका छन् । एक लाख ३३ हजार एक सय ४२ मतदाता रहेकामा ८९ हजार आठ सय ९६ मत खसेको थियो ।