animated ellipse animated ellipse

विराटनगरमा रोयल तन्दुरी एण्ड कबाव हाउस सञ्चालनमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ पुष २०७९, शुक्रबार १७:३२
2.48k
Shares
विराटनगर / विराटनगर – ९ रेम्बो गल्लीमा रोयल तन्दुरी एण्ड कबाव हाउस सञ्चालनमा आएको छ । विराटनगर ट्राफिक चोकमा रहेको रोयल विरयानी हाउसका चार जना सञ्चालकले रोयल एण्ड कबाव हाउस आज एक कार्यक्रम आयोजना गरी सञ्चालनमा ल्याएका हुन् ।

२० लाख रूपैयाँ लागतमा सञ्चालनमा आएको रोयल तन्दुरी एण्ड कबाव हाउसको लोकप्रिय परिकार चिकेन तन्दुरी र कबाव हो । पोलेर पकाउने चिकेन तन्दुरी यहाँको लोकप्रिय परिकारमा पर्दछ । तन्दुरी र कबाव बाहेक चाइनिज परिकारहरू पनि पाइने सञ्चालक यासिर घिमिरेले जानकारी दिए । ‘स्तरीय परिकार खुवाउनु हरेक ग्राहकहरुलाई सन्तुष्ट पार्नु हाम्रो लक्ष्य हो र यसमा सफल पनि हुनेछौं । त्यसैले ग्राहकहरुवाट सकारात्मक प्रतिक्रिया पाएका छौं,’ सञ्चालक घिमिरेले भने ।

घिमिरे युवा व्यवसायी हुन् । उनी साउँदीमा होटलमा काम गरेपछि स्वदेशमा व्यापार व्यवसायी सञ्चालन गर्ने उद्देश्यले उनीसहित पप्पु अन्सारी, अमिर लिम्बु र कमल श्रेष्ठ मिलेर ट्राफिक चोकमा रोयल बिरयानी हाउस सञ्चालनमा ल्याएका थिए । छोटो समयमा ग्राहकको रोजाइमा विरयानीले मन जित्न सफल पनि भएको छ । यसको शाखा विस्तार पनि भइरहेको छ । बिरयानीपछि उनीहरूले रोयल तन्दुरी एण्ड कबाव हाउस सञ्चालनमा ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर