AArya
RUMPUM
animated ellipse animated ellipse

दशैंमा पनि आर्या न्यूरो हस्पिटलमा २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध, ओपीडि सेवा निःशुल्क

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० आश्विन २०८१, आईतवार १७:४४
54
Shares
विराटनगर /विराटनगर – ३ कन्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा वडा दशैंमा पनि २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध हुने भएको छ । चाडपर्वमा अस्पतालहरुमा विशेषज्ञ चिकित्सक नहुँदा विरामीले हरौनी भोग्नु परेकोे अवस्थालाई मध्यनजर गर्दै आर्या न्यूरो हस्पिटलले २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध गराउने भएको हो ।

दशैं, तिहार, नेपाल सम्वत, छठलगायतका पर्वहरुमा पनि अस्पतालले विशेषज्ञ सेवाहरु उपलब्ध राख्ने अस्पतालका निर्देशक दिनेश ठाकुरले बताए । ‘आर्या न्यूरोले गुणस्तरीय तथा भरपर्दो सेवाहरु उपलब्ध गराउँदै आएको छ । दशैं, तिहार जस्तो पर्वहरुमा विशेषज्ञ चिकित्सक नहुने समस्या प्राय जसो हरेक चाडपर्वहरुमा हुने गर्छ । त्यही भएको कारणले हामीले चाडपर्वहरुमा पनि विरामीलाई भरपर्दो विशेषज्ञ सेवाहरु उपलब्ध गराउने उद्देश्यले सेवा सुचारु राख्ने भएका हौंं,’ निर्देशक ठाकुरले भने ।

न्यूरो सम्बन्धी उपचारमा अब्बल सावित भएको आर्यामा टाउको, मेरुदण्ड, हाडजोर्नी तथा नशा सम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार सेवाहरु उपलब्ध रहेको छ । अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्धक निर्देशक डा. पंकजराज नेपालसहितको टिमले न्यूरो सम्बन्धी सम्पूर्ण उपचार सेवाहरु प्रदानगर्दै आएका छन् ।

आर्यामा निःशुल्क न्यूरो ओपीडि
अस्पतालले चाडपर्वको अवसर पारेर छुट योजना पनि ल्याएको छ । निःशुल्क न्यूरो ओपीडि सेवाको साथै जाँचहरुमा पनि छुट ल्याएको छ । अस्पताल आएका ज्येष्ठ नागरिकहरुको लागि जाँचमा १५ प्रतिशत र अन्य विरामीहरुको लागि १० प्रतिशत छुट हुने भएको अस्पतालले जनाएको छ । ओपीडि निःशुल्क र जाँचहरुमा छुटले विरामीलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले यस्तो योजना लिएर आएको अस्पतालकी अध्यक्ष डा. अर्चनाचौधरीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर