AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दैनिक १२ घण्टासम्म अघोषित रूपमा विद्युत कटौतीले सुनसरी– मोरङ औद्योगिक क्षेत्रमा ६० प्रतिशत उत्पादनमा कमी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ चैत्र २०७८, मंगलवार १८:५६
216
Shares
विराटनगर / भारतबाट विद्युत आपूर्ति सहज नभएपछि औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु भएको छ ।

व्यवसायीका अनुसार एक सातादेखि सुनसरी–मोरङ औद्योगिक करिडोरमा अघोषित रूपमा लोडसेडिङ भएको हो ।

भारतबाट विद्युत खरिद गर्न नपाएको कारण देखाउँदै नेपाल विद्युत प्राधिकरणले दैनिक १२ घण्टासम्म अघोषित रूपमा विद्युत कटौती गरेको उद्योगीहरुले बताएका छन् । प्राधिकरणले दैनिक १२ घण्टासम्म अघोषित रूपमा विद्युत कटौती गरे पछि सुनसरी– मोरङ औद्योगिक क्षेत्रको उत्पादनमा ६० प्रतिशत कमी आएको उद्योगिहरुले बताएका छन् ।

प्रदेश १ मा रहेका तीन निजी क्षेत्रको संस्थाले मंगलबार पत्रकार सम्मेलन गर्दै कुनैपनि बहानामा विद्युत कटौती गर्न नमिल्ने बताएका छन् । नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ र उद्योग संगठनले नियमित विद्युत आपूर्ति गर्न माग समेत गरे मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले प्राधिकारणले भारतबाट ३८ मा प्रति युनिट विद्युत खरीद गर्नु अवस्था आएकोले औद्योगिक क्षेत्रमा गएको चैत ८ गतेदेखि दैनिक रुपमा वेलुकीको समयमा १२ देखि १८ घण्टा विद्युत कटौती गरेकोले उत्पदनमा कमी हुनुको साथै उद्योग बन्द गरी मजदुरलाई रोजगारी विहीन बनाउनु पर्ने अवस्था सिर्जना भएको बताए ।

अध्यक्ष रिजालले उद्योग बन्दबाट सरकारले प्राप्त गर्ने राजश्वमा समेत ह्रास आउनुका साथै बैंक तथा वित्तिय संस्थालाई व्याज तथा साँवा वुझाउन नसक्ने बताए । औद्योगिक करिडोरमा दैनिक २०० मेघावाट विद्युत आवश्यक रहेको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले वेलुकीको समयमा दैनिक छ घण्टा विद्युत कटौतीमा प्राधिकरणलाई सहयोग गर्ने बताउँदै मुलुकको अर्थतन्त्र जोगाउन औद्योगिक क्षेत्रमा विद्युतको सुचारु व्यवस्था हुनुपर्नेमा जोड दिनु भयो । उद्योग सगठनका पूर्व अध्यक्ष पवन शारडाले नेपाली उत्पादन श्रीलङ्का र बङ्गलादेश निर्यातमा विद्युत कटातीले बाधा उत्पन्न गर्नुका साथै उद्योगमा थप स्वदेशी लगानीमा समस्या आउने जनाउनु भयो ।
परिसंघका अध्यक्ष भीम घिमिरेले मुलुकको समस्याग्रस्त अर्थतन्त्र जोगाउन औद्योगिक क्षेत्रमा हुने विद्युत कटौती अविलम्व हटाउन आग्रह गरे । सोही अवसरमा व्यापार संघका अध्यक्ष रिजाल विद्युत सम्वन्धी समस्या समाधान नभएमा सम्पूर्ण उद्योग बन्द गरी सरकारलाई चाँवी वुझाउने तयारीमा रहेको जानकारी समेत दिए । उनले विराटनगरको सीमावर्ती भारतीय बजार बथनामा क्षतिग्रस्त मीरगंज पुल आगामी १५ दिनमा सञ्चालनबाट यस क्षेत्रका उद्योगहरुले आयात गर्ने औद्योगिक कच्चा पदार्थको ढुवानी भाडामा वचत हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर