AArya
animated ellipse animated ellipse

लाभान्वित सहकारीको खुद नाफा ६० लाख

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ मंसिर २०८०, शनिबार १८:४३
243
Shares
विराटनगर/ विराटनगर – १६ बुद्ध चोकमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्षमा झण्डै ६० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

विराटनगरमा आज भएको सहकारीको १३ औं वार्षिक साधरणसभामा आर्थिक वर्ष २०७९÷८० मा सहकारीले ५९ लाख ७४ हजार २ हजार ५९ रुपैयाँ करपछिको खुद नाफा गरेको जानकारी गराएको हो ।

१ हजार ३ सय ७० पुरुष र १ हजार २४८ महिला सदस्य गरी २ हजार ६१८ शेयर सदस्य रहेको सहकारीको शेयर पूजी आर्थिक वर्षमा १ करोड २० लाख ८७ हजार ३ सय रुपैयाँ रहेको सहकारीका अध्यक्ष प्रमोद कुमार साहले जानकारी दिए । सहकारीको निक्षेप संकलन १४ करोड ७४ लाख ८ हजार १५३ रुपैयाँ, ऋण लगानी १४ करोड ३८ लाख, ऋण असुली १२ करोड ३७ लाख र बाह्य ऋण १२ लाख ७५ हजार रुपैयाँ रहेको सहकारीका अध्यक्ष साहले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेखछ । सहकारीको ब्याज आम्दानी २३ लाख ४७ हजार ३१ रुपैयाँ रहेको सहकारीले जनाएको छ ।

सहकारीको वार्षिक साधरणसभाको अवसर पारेर संचारकर्मी चीना थापालाई पनि नगदसहित सम्मान गरेको छ । सहकारीको क्षेत्रमा उल्लेखिनय योगदान पु¥याएको भन्दै थापालाई सम्मान गरेको हो । यसैगरी क्रिकेट खेलाडी ललित राजवंशी, राष्ट्रिय महिला कबडडी खेलका कप्तान मेनुकाकुमारी राजवंशी, फुटबल खेलाडी बुद्धिमान राईलाई पनि सम्मान गरियो । यसैगरी सहकारीले १० जना उत्कष्ट बचतकर्ताहरुलाई सम्मान गरेको छ । १० जना उत्कृष्ट ऋणी, चार जना उत्कृष्ट कर्मचारी, एक दशक काम गर्ने ३ जना कर्मचारी, रक्तादान गर्ने ८ जनालाई सम्मान गरियो । यसैगरी स्नातक तहमा बी प्लस ल्याउने सुरज कुमार रायलाई नगद ५ हजार १ सय रुपैयाँसहित सम्मान गरियो ।

सम्मानित भएका व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद योगेन्द्रकुमार मण्डल, जहदा गाउँपालिका अध्यक्ष जितु साहलगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै संघीय सांसद मण्डलले छरिएर रहेको पूजीलाई एकीकृत गर्न सहकारीले ठूलो भूमिका खेलको बताए । ग्रामिण क्षेत्रमा आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर