युवा व्यवसायी दिलशाद आलमले दैनिक ज्याला मजदुरी गर्ने १ सय २५ परिवारलाई राहत वितरण

खबर पूर्वाञ्चल, २८ बैशाख २०७७, आईतवार १९:१३

विराटनगर / युवा व्यवसायी दिलशाद आलमले दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न एक सय २५ परिवारलाई राहत वितरण गरेका छन् ।
कारोना भाइरस संक्रमण न्यूनिकरणका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै दैनिक ज्याला मजदुरी गर्ने आम मानिसको दैनिकी कष्टकर बन्दै गएको अवस्थालाई मध्येनजर गर्दै आज युवा व्यवसायी आलमले व्यक्तिगत तर्फबाट राहत वितरण गरेका हुन् ।

प्रत्येक परिवारलाई चालम, दाल, तेल, आलु र साथमा तीन सय रुपैयाँ राहत वितरण गरेको उनले जानकारी दिए । चामल, तेल, आलु दिएर मात्रै अपुग हुने भएका कारण मसला किन्नका लागि पैसा समेत दिएको व्यवसायी आलमको बताए ।

आलमले यसअघि चैत्र ११ गते सरकारले लकडाउनको घोषणा गरेसँगै आलमले लकडाउन अवधिभर राहत वितरण गर्ने घोषण गरेका थिए । लकडाउनका कारण कोही पनि मानिस भोकै रहन नपरोस् भन्ने उद्देश्यले राहत वितरण गरेको आलमले बताए । उनका अनुसार हालसम्म उनले १२ सय विपन्न परिवारलाई राहत वितरण गरिसकेका जानकारी गराए ।

मुस्लिम समुदायको रमजाम पर्वमा मस्जिद, मदरसामा लाखौँ पैसा दान दिने गरेको भएपनि कोरोना भाइरसका कारण सम्पूर्ण मस्जिद बन्द रहेकाले विपन्न वर्गलाई राहत वितरण गरेको उनले बताए । आलमले भने, ‘मैले मस्जिदमा दान गर्नु र गरिबको भोको पेट भर्नु उस्तै जस्तो आभास गरेको छु । गरीबको चुलो बाल्न सहयोग गरेर अल्हालाई खुशी पारे झैँ महसुस भएको बताए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५