RUMPUM
animated ellipse animated ellipse

विराटनगरका चार स्कुल विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ श्रावण २०८०, शुक्रबार १८:४३
1.75k
Shares
विराटनगर/ दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङका चार वटा स्कुल विजय भएका छन् ।

विराटनगरमा आज भएको खेलमा विराटनगरको मोर्डन एरा, सगरमाथा, सत्यनारायण र सनसाइन स्कुल विजयी भएका हुन् ।

प्रतियोगिताको पहिलो खेलमा मोर्डन एरा स्कुलले कोरावन स्कुललाई १–० गोलले पराजित ग¥यो । जितको लागि मोर्डन ऐराका अमन माझीले निर्णाय गोल गरे । उनी म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा सगरमाथा माबिले हेरिटेज ई.स्कुललाई ९–० गोलले हरायो । जितको लागि सगरमाथाका समीयुल मियाँले ह्याट्रिक गर्दै तीन गोल, निरवाण श्रेष्ठ र गौरव राईले २ –२ गोल गरे भने साईमन बस्नेत र प्रवेज आलमले १–१ गोल गरे । म्यान अफल द म्याच सगरमाथाका गौरव राई घोषित भए ।
तेस्रो खेलमा सत्यनारायण माबिले एभरेस्ट स्कुललाई ४–० गोलले निरास बनायो । जितको लागि साजित आलमले २ गोल गर्दा भरत चौधरी र हेमन्त राजवंशीले १–१ गोल गरे । म्यान अफ द म्याच सत्यानारायणका भरत चौधरी घोषित भए ।

चौथो खेलमा सनसाईन स्कुलले कोशी मोडल स्कुललाई टाइब्रेकरमा ५–४ गोलले पराजित गरो । निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । खेलको म्यान अफ द म्याच सनसाइन स्कुलका सुप्रिम सुवेदी घोषित भए ।

शनिबार पाँच वटा खेल हुने खेल संयोजक बिक्की कार्कीले जानकारी दिए । सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर