RUMPUM
animated ellipse animated ellipse

महानगरद्वारा गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क आँखा शिविर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० आश्विन २०७९, आईतवार १९:०६
135
Shares
विराटनगर/ विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा आज विराटनगरमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन भएको छ ।

विराटनगरका १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने महानगरको योजनाअनुसार पहिलोपटक विराटनगर–१ मा शिविर आयोजना गरिएको हो ।

रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा महानगरले सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने योजना अघि सारेको छ । सोही योजनाअन्तर्गत पहिलो चरणमा वडा नम्बर १ बाट शिविर सुरु गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए । उनले अन्य वडामा पनि क्रमैसँग शिविर सञ्चालन गर्ने जानकारी दिए । उनले सचेतना जगाउन सकिए मोतियाबिन्दुबाट बच्न सकिने उल्लेख समेत गरे ।

मेयर कोइरालाले आँखामा समस्या आए पनि अस्पताल नजाने प्रवृत्ति रहेको बताए । उनले आगामी दिनमा रामलाल गोल्छा आँखा अस्पताल मात्रै नभएर अन्य अस्पतालसित पनि सहकार्य गरेर सबै किसिमका स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाए । त्यस्तै वडा नम्बर १ का वडाध्यक्ष काजी बस्नेतले धेरै व्यक्तिहरु आँखामा समस्या आइपरे पनि अस्पताल नजाने गरेको बताए ।

रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका महासचिव सुरेन्द्र गोल्छाले महानगरसित सहकार्य गर्नु पाएकोमा खुसी व्यक्त गरे । अस्पतालका प्रशासन प्रमुख विन्देश्वर महतोले सचेतना जगाउन सके आँखा रोगबाट बच्न सकिने बताए । उनले महानगरका ४ हजार व्यक्तिको आँखा जाँच गर्ने लक्ष्य रहेको सुनाए । उनका अनुसार ४ सयको निःशुल्क शल्यक्रियासहित चस्मा, औषधी, लेन्ससमेत प्रदान गरिनेछ । चस्मा, औषधिलगायत तेज कोहली रुइत फाउन्डेसनको सहयोग रहनेछ ।

महानगरका १९ वडामा ४८ वटा शिविर सञ्चालन गर्ने योजना रहेको छ । कार्यक्रममा परोपकार अभियान समूहका अध्यक्ष बाबुराम न्यौपाने, समाजसेवी राजेन्द्र खनाललगायतले मन्तव्य व्यक्त गरे । शिविरमा मेयर कोइरालाले पनि आँखा जाँच गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर