AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको एक चिया पसलमा महिला मृत अवस्थामा भेटियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ असार २०७८, बिहीबार १५:२८
4.07k
Shares
विराटनगर / विराटनगर महानगरपालिका–११ बसपार्कस्थित एक चिया पसलमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् ।

बसपार्कमा चिया पसल सञ्चालन गर्दै आएकी ४० वर्षीया सीता राजवंशी मृत भेटिएकी हुन् । प्रहरीका अनुसार चिया पसलभित्र घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल््ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

शव भेटिएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । महिलाको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

मृतक महिला बसपार्कमा चिया पसल सञ्चालन गर्दै आएको एक वर्ष भएको थियो । उनका दुई छोरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर