औषधीको अवैध कारोबार गर्ने भारतीय नागरिक विराटनगरबाट पक्राउ

खबर पूर्वाञ्चल, ३० जेष्ठ २०७८, आईतवार १८:४०

विराटनगर/ तस्करीको औषधीसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीले भारतीय नागरिक दिनेश महतोलाइ तस्करीको औषधीसहित पक्राउ गरेको हो ।

महतोले तस्करीको औषधी राख्न भाडाको घर प्रयोग गर्ने गरेको खुलेको छ । भारतदेखि ल्याएको तस्करीको औषधी विराटनगर महानगरपालिका ९ स्थित ट्राफिक चोकमा अशोक भट्टराईको घर कोठा भाडामा लिई भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी विभिन्न औषधी तथा खाध्य प्रोडक्स सामाग्रीहरु राख्ने गरेको अनुसन्धानदेखि खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

प्रहरीले महतोको कोठादेखि सिफी–प्रो ५० पत्ता, क्विन्स–१६९ थानसहित विभिन्न खाद्य प्रोडक्सहरू बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५