animated ellipse animated ellipse

कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल बने राज्यमन्त्री

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ श्रावण २०८०, बुधबार १५:१९
144
Shares
विराटनगर / कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री उद्धव थापाले मण्डललाई आज कृषि राज्यमन्त्री नियुक्त गरेका हुन् । उनले शपथ ग्रहण समेत गरेका छन् । यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन् ।

जसमा काँग्रेसबाट प्रदीपकुमार सुनुवार सिँचाइ खानेपानी तथा ऊर्जा, सभामुखबाट राजीनामा दिएका माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एसबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।

कोशी प्रदेश सभामुख विहीन छ । सत्तारुढ गठबन्धनले उपसभामुख सृजना दनुवारको राजीनामा आए मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्थालाई टार्नका रणनीतिक रुपमा मण्डललाई राज्यमन्त्री बनाएको हो ।

साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले भदौं १३ गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर कठिन बहुमतसहित मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १ गतेबाट प्रदेश सभा बैठक बोलाएका छन् ।

कांग्रेसका मण्डल ८० वर्षका हुन् । उनीपछि जेष्ठ सदस्य एमालेका ७२ वर्षीय रोहितबहादुर कार्की छन् । त्यसपछि पनि एमालेका सांसदहरू मालतीकुमारी लिम्बू, खड्गबहादुर बस्नेत र रामप्रसाद महतो ६८ वर्षका छन् ।

मण्डल सरकारमा गएका कारण ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आए एमालेका सांसद कार्कीले गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर