animated ellipse animated ellipse

सामाजिक सुरक्षा कोष कार्यान्वयनमा जोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ बैशाख २०८०, सोमबार १९:२०
99
Shares
विराटनगर / श्रमिकको जीवनस्तर सुधार्न ल्याएको योगदानमा आधरित सामाजिक सुरक्षा कोष प्रभावकारी कार्यानवयन गरेर अगाडी बढाउनुपर्ने सरोकारवालहरूले जोड दिएका छन् ।

उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ को प्रभावकारी कार्यान्वयन भए श्रमिकको जीवनस्तरमा सुधार हुने बताएका हुन् ।

जिफन्ट कोशी प्रदेशले विराटनगरमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आज आयोजना गरेको कार्यक्रममा सहभागिहरूले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले वित्तीय पहुँच पनि बढाउने भएकोले यसलाई कार्यन्वयन गरेर अगाडी बढनुपर्ने बताए ।

सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि श्रमिकको जीवनस्तरलाई गुणस्तरयुक्त बनाउन सहयोग पुग्ने भएकाले कार्यन्वयन पक्षलाई अगाडी बढाएर लैजानुपर्ने उनीहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमालले योगदानमा आधरित सुरक्षा सामाजिक सुरक्षामा आवद्ध गराउन दबाव सृजना गरेको बताए । हरेक क्षेत्रमा काम गर्ने श्रमिकहरू योगदानमा आधरित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सचेतना अभियान सँगै दवाव मुलक कार्यक्रमहरु पनि गर्दै आएको उनले सुनाए ।

‘कोशी प्रदेशमा रहेका स्थानी तहहरुमा कार्यविधी बनाएर पेश गरिएको छ । ज्ञापन पत्र बुझाएको छ । कानुनले दिएको अधिकार प्रयोग गरी योगदानमा आधरित सामाजिक सुरक्षा कोष लागू गर्न हामीले औद्योगिक प्रतिष्ठानदेखि स्थानीय तहहरुमा पनि दबाव दिदै आएका छौं,’ अध्यक्ष धमालले भने, ‘हामीले रोजगारीमा आवद्ध भएकाहरुको अभिलेख राख्न पनि स्थानीय तहरुलाई भन्दै आएका छौं ।’

कार्यक्रममा पेशागत महासंघ मोरङका अध्यक्ष ओम सुेवदी, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, जिफन्ट युवा कमिटि कोशी प्रदेशका अध्यक्ष तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिकी अध्यक्ष भली सुब्बा गुरूङ लगायतले योगदानमा आधरित सामाजिक सुरक्षा कोष प्रभावकारी कार्यान्वयन गरेर अगाडी बढनुपर्नेमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर