AArya
RUMPUM
animated ellipse animated ellipse

सरस्वती पूजाको अवसर मदरल्याण्ड एकाडेमीमा साँस्कृतिक तथा अक्षरारम्भ कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ माघ २०७९, बिहीबार १८:११
882
Shares
विराटनगर / विराटनगर ५ जामुनगाछीमा रहेको मदरल्याण्ड एकाडेमीमा साँस्कृतिक तथा अक्षरारम्भ कार्यक्रम आयोजना गरिएको छ ।

स्कुल परिसरमा आज सरस्वती पूजाको अवसर पारेर सांस्कृतिक तथा अक्षरारम्भ कार्यक्रम आयोजना गरिएको हो ।

साँस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले साँस्कृतिक झल्किने नृत्य प्रस्तुत गरे । कक्षा नर्सरीदेखि कक्षा दशसम्मका विद्यार्थीहरूले नृत्य, गायन प्रस्तुतगरी दिनभरी रमाइलो गरे ।

सोही अवसरमा अक्षरारम्भ कार्यक्रम कक्षा नर्सरीमा निःशुल्क भर्ना गरिएको स्कूलका प्रिन्सिपल मोहन बुढाथोकीले जानकारी दिए ।

त्यसैगरि भजन कृतन प्रतियोगिताको समेत आयोजना गरेको स्कूलले जनाएको छ । विराटनगरका विभिन्न वडाबाट आएका भजन मण्डलीले प्रतियोगितामा सहभागि रहेका थिए । विजेतालाई नगदसहित पुरस्कृत गरिएको प्रिन्सिपल बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर