animated ellipse animated ellipse

त्रिभुवन आर्मीले जित्यो ऋचा मेमोरियल टी–२० क्रिकेटको उपाधि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ बैशाख २०८०, आईतवार १७:५२
270
Shares
विराटनगर/ विभागीय टिम त्रिभूवन क्लव आर्मीले प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

आर्मीले भएको फाइनलमा घरेलु टिम एनबीएससीलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै आर्मीले १ लाख ५० हजार रुपैयाँको साथै आकर्षक ट्रफी पाएको छ भने उपबिजेता भएको एनबीएससीले ७५ हजार रुपैयाँमा चित्त बुझायो ।

विराटनगरको जुट मिलको खेल मैदानमा भएको फाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली एनबीएससीले निर्धारित २० ओभरको खेलमा १७ दशलव २ बलमा सबै विकेट गुमाई १ सय १० रनको सामान्य योगफल तयार पारेको थियो । एनबीबएससीका कुमार रजनिसले ३३ बलमा २ छक्का र ७ चौका प्रहार गर्दै ५० रन बनाउँदा अनुभव श्रीवास्तले ११ रन बाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् ।

आर्मीका नेपालका अन्तराष्ट्रिय खेलाडी बिक्रम सोब ३ विकेट लिँदा अर्का अन्तराष्ट्रिय खेलाडी हरी चौहान र सुमित श्रेष्ठले समान २–२ विकेट लिए ।

जवाफमा १ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले ११ दशमलव ३ बलमा ४ विकेटको क्षतिमा भट्टायो । आर्मीको जितमा सन्दिप रजालीले बिस्पोटक ब्याटिङ गर्दै २० बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ४६ रनको योगदान दिँदा अन्तराष्ट्रिय खेलाडी वासिर एहमद १८ रन र सुमित श्रेष्ठ अविजित १३ रन बनाए ।

एनबीएसीका एमडी इजार, प्रशान्त कुमार, रवि शर्मा र मयङक कुमारले समान १–१ विकेट लिए । फाइनल खेलको म्यान अफ द फाइनल सन्दिप रजाली घोषित भए ।

प्रतियोगिताको बेस्ट ब्याटरमा एमबी ग्रुप डडेलधुराका दिपक बोहरा घोषित भए । उनले खेलअवधीभरीमा ११५ रन बनाएका थिए । यस्तै प्लेयर अफ सिरीज दिल्ली युनाइटेडका साकेत केडिया भए । उनले १०५ रन र ४ विकेट लिएका थिए । उनले ५० हजार मूल्य बराबरको क्रिकेट किड पाए । बेस्ट बलरमा आर्मीका जितेन्द्र मुखिया घोषित भए ।

नेपाल क्रिकेट संघका अध्यक्ष चर्तुरबहादुर चन्द, वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासंघको केन्द्रीय सचिव विप्लप घोष, सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेललगायले पुरस्कार वितरण गरेका थिए ।

विराटनगर जुट मिलको खेलमैदानमा चैत २७ देखि भएको प्रतियोगितामा नेपालका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपीएफसहित एनबीएससी विराटनगर, सुदुरपश्चिम क्रिकेट क्लब, भारतको राहुल ११ नरपथगञ्ज र दिल्ली युनाईटेड गरी ८ वटा टिमको सहभागि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर