लकडाउनको मारमा परेका नयाँबजारका कृषक कोपिन्द्रले निशुल्क खाना खुवाउँनेलाई तरकारी निशुल्क दिँदै

खबर पूर्वाञ्चल, १६ बैशाख २०७७, मंगलवार ०८:४०

विराटनगर / लकडाउनको मारमा परेका नयाँबजारका कृषक कोपिन्द्रले निशुल्क खाना खुवाउँनेलाई तरकारी निशुल्क दिँदै आएका छन् ।

कटहरी ४ नयाँबजारका कोपिन्द्र सिंहले कोरोना भाइरस संक्रमणको बढ्दो त्राससँगै सरकारले लकडाउनको घोषणा गरेसँगै युवा नेता ओसिम आलमको नेतृत्वमा विराटनगरका युवाहरुले निःशुल्क खाना खुवाउने युवालाई उनले बन्दाकोपीलगायत अन्य तरकारी निःशुल्क उपलब्ध गराउँने भएका छन् ।

आलमकोे नेतृत्व विराटनगरमा विगत २९ दिनदेखि दैनिक दुख गरेर सडकमा जिविकोपार्जन गर्नेहरुका लागि निःशुल्क खाना खुवाउँदै आएका छन् । कोपिन्द्रले यस अघिदेखि उनीहरुलाई आफ्नो खेतमा उब्जेका तरकारी निशुल्क उपलब्ध गराएको आलमले बताए ।

कोपिन्द्रले जहदा ४ मा १० कठ्ठा जमिनमा लगाएको बन्दा कुहिन थालेपछि उनले खेतमा कुहिनुभन्दा दैनिक दुख गरेर सडकमा जिविकोपार्जन गर्नेलाई खाना खुवाउँनेलाई निशुल्क तरकारी दिँदा धर्म कमाउँने बताए ।

कोरोना भाइरस संक्रमणको न्यूनीकरण गर्नका लागि सरकारले लकडाउनको घोषणा गरेको आज ३५ औं दिन पुगिसक्दा कृषकले लगाएको बन्दा बिक्री हुन छोडेसँगै खेतमा नै कुहिन थालेको हो । लकडाउनका कारण लाखौं रुपैयाँ घाटामा गएको कृषक कोपिन्द्रको भनाई छ ।

उनका अनुसार लकडाउन भन्दा केहि दिन अगाडी खेतबाट नै ४ रुपैँया किलोले बेचेको भए पनि लकडाउन पछि २ रुपैँया किलोले दिँदासमेत बिक्री भएको छैन । स्थानीय बजारमा भन्दा पनि आफुहरुको उत्पादन काठमाडांै, झापा, पोखरा लगायतका स्थानहरुमा निर्यात हुने भएको भए पनि लकडाउनका कारण सामन निर्यात गर्न नसकिएको उनको गुनासो छ । उनी भन्छन् ‘यो समय बन्दाकोपीको सिजन भए पनि लकडाउनका कारण हामी बन्दाकोपी गाईलाई खुवाइरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५