ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

छुट्ने दिनमै विराटनगरमा कैदीको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ पुष २०८०, सोमबार १८:०२
648
Shares
विराटनगर / लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका १० का चण्डेश्वर सहनीको कैद भुक्तान गरेर छुट्ने दिनमै मृत्यु भएको छ ।

आजै छुट्ने तयारीमा रहेका सहनीको विहान करिब साढे ६ बजे मृत्यु भएको हो ।

पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

छुट्ने दिन नै आफन्तको मृत्युपछि उनका आफन्त आक्रोशति छन् । सहनीको मृत्युपछि मात्रै कारागारले परिवारलाई जानकारी गराएको थियो । जिल्ला कारागार मोरङका निमित्त जेलर कृष्णहरि न्यौपानेले सम्पर्क नम्बर गलत हुँदा आफन्तलाई जानकारी दिन ढिलो भएको बताए ।

लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो । अदालतले फैसलापछि फरार उनी २०७९ माघ १७ गते कारागार चलान भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर