animated ellipse animated ellipse

आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई ३ महिना दुध निशुल्क दिने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० जेष्ठ २०७८, सोमबार १८:४६
801
Shares
इटहरी / दुग्ध क्षेत्रमा नेपालमानै अग्रणि स्थानमा रहेको इटहरी २० स्थित कामधेनु दुग्ध बिकास शहकारी संस्था लिले इटहरीको आइसोलेसनलार्इ ३ महिनाका लागि दुध तथा दुग्धजन्य पदार्थ निशुल्क प्रदान गर्ने भएको छ ।

इटहरीमा उद्योग बाणिज्य संघको नेतृत्वमा मारवाडि सेवा समिती इटहरी,श्री कृष्ण प्रणामि मन्दिर,नेपाल प्रेस युनियन सुनसरी,नेपाल युवा उद्यम मञ्चको सहकार्यमा सञ्चालन हुन लागेको आइसोलेसनका लागि कामधेनुले दुध तथा दुग्धजन्य पदार्थ निशुल्क दिने भएको हो ।

आज संस्थाका निमित्त ब्यावस्था निर्देशक पर्शुराम कार्की(मनोज) सहितको टोलीले कोभिड व्यवस्थापन समितिका सदस्य एवम प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीसहितका पदाधिकारी सँग प्रतिबद्धता पत्र सहित सम्झौता गरेका छन् ।

कामधेनुका नि. व्यवस्था निर्देशक कार्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत आइसोलेसनलाई सहयोग गर्न पाउँदा आफुहरु अत्यन्तै खुशी रहेको जनाएका छन् । यसै गरि इटहरीमा रहेको तमोर डेरि उद्योगले पनि आइसोलेसनलार्इ पहिलो एक महिनाका लागि दूध तथा दुग्धजन्य पदार्थ निशुल्क प्रदान गर्ने भएको छ । आइसोलेसन सञ्चालन तथा मुल व्यवस्थापन समिति सम्योजक भीम पौडेलसँग उक्त डेरि उद्योगका अध्यक्ष प्रदिप अधिकारिले सम्झौता गरि प्रतिबद्धता जनाएका थिए । ४० बेड अक्सिजनसहित पहिलो चरणमा जम्मा ८० बेडमा सञचालन हुने तयारीमा रहेको आइसोलेसन निर्माणका सम्पुर्ण तयारी सकिएको र सुरक्षा प्रबन्ध समेत मिलाइ सकिएको मुल समिति सम्योजक पौडेलले बताए ।

निशुल्क बस्ने,खानेदेखि लिएर आइसोलेसनमा खेलकुदका सामग्रीहरु,फ्री ईन्टरनेट सेवा सहित योगा गर्नेसम्मको प्रबन्ध मिलाउन लागेको मारवाडी सेवा समिति इटहरीका अध्यक्ष एवम मुल व्यवस्थापन समितिका सदस्य मुकेश अग्रवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर