पूर्वाञ्चल खबर
चार दिनसम्म ट्रयाक इभेन्टस , फिल्ड इभेन्टस,ग्रुप इभेन्टस्लगायतका विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस् मिट आक्ष्तबारबार सम्पन्न भएको हो । स्पोट्र्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको थियो ।
स्पोर्टस् मिटमा दौड, ज्याभ्लिङ्ग थ्रो, भलिबल, फुटबल, मेमोरी रेस, , टेवलटेनिस, क्रिकेट, फुटबल ब्याडमिन्टनलगायतको खेलहरू समावेश गरिएको स्कूलका कार्यक्रम संयोजक शरण गौतमले जानकारी दिए । उक्त स्पोर्टस् मिटमा नर्सरीदेखि कक्षा १० सम्मका ७ सय विद्यर्थाीहरूले भाग लिएको स्कूलले जनाएको छ ।
उनीहरुलाई प्रमुख अतिथी डिग्री क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रा।डा। खगेन्द्र आचार्य, विरानगर महानगरपालिका वडा नं। १० वडा अध्यक्ष अर्जुन गिरी, अरनिको कलेजका निर्देशक भरत दाहाल र निलम अधिकारलिे पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो गतिविधिहरू गर्दै आएको प्रिन्सिपल कार्कीले बताए ।