‘भौतिक विकाससँगै भाषा, साहित्य र कलाको विकासमा लागेका छौं’

खबर पूर्वाञ्चल, ६ भाद्र २०७९, सोमबार २०:०९
261
Shares
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भौतिक पूर्वाधारको विकास सँगसँगै भाषा, साहित्य, कला र संस्कृतिको विकासमा लागिपरेको बताएका छन् ।

हिपमत मिडियाले सोमबार विराटनगरमा आयोजना गरेको विमोचन तथा सम्मान समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकासले मात्रै महानगरको समग्र विकास नहुने उल्लेख गरे । कोइरालाले विराटनगरलाई भौतिक र समाजिक विकाससँगै कला, साहित्य र संस्कृतिलाई पनि अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले औद्योगिक र राजनैतिकसँगै भाषा, साहित्य, कला र संस्कृति विराटनगरको पहिचान भएको बताए । आफूहरु निर्वाचित भएर आइसकेपछि विराटनगरको सर्वाङ्गिण विकासमा ध्यान दिएको उनको भनाइ थियो ।

“चिल्ला सडक र ठूला भवन निर्माणलाई मात्रै समग्र विकास मान्न सकिँदैन,” उनले भने, “भाषा, साहित्य, कला र संस्कृतिको विकासलाई महानगरले उच्च प्राथमिकतामा राखेको छ । सम्भवतः यसै वर्ष महानगरले राष्ट्रिय कला–साहित्य महोत्सव गर्छ ।” वीपी कोइराला, तारणीप्रसाद कोइराला, बालकृष्ण पोखरेल, देवकुमारी थापा, डा. नरेन्द्र चापागाईंलगायतले साहित्यमार्फत विराटनगरको पहिचान बढाएको मेयर कोइरालाले बताए ।

त्यस्तै राष्ट्रियसभाका पूर्व सदस्य तथा साहित्यकार खेम नेपालीले राजनीतिसँग कला, साहित्य र संस्कृतिलाई पनि अगाडि लगेमा मात्रै मुलुकको समग्र विकास हुने विचार राखेका थिए । सो अवसरमा गायक वीरेन्द्रकुमार झाको म परदेशी बन्दिन नामक नेपाली गीतको म्युजिक भिडियो विमोचन गरिएको थियो ।

त्यस्तै आयोजकका तर्फबाट मेयर कोइरालाले साहित्यकार खेम नेपाली, कलाकार संगीता यादव, विजय कामतलगायत एक दर्जनभन्दा बढी व्यक्तिहरुलाई सम्मान गरेका थिए । हिपमित मिडियाले सञ्चारसँगै अन्य सामाजिक कार्य गर्दै आएको अध्यक्ष वीरेन्द्रकुमार साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५