खबर पूर्वाञ्चल
गणेश मन्दिर व्यवस्थापन तथा दाता परिवारले यो व्यवस्थापन गरेको हो । झण्डै ५ लाख लागतमा मन्दिर परिसरमा आउने भक्तजन र बटुवाहरुलाई लक्षित गरि खानेपानिको प्रवन्ध गरिएको मन्दिर व्यवस्थापन तथा दाता परिवारका सदस्य लवसुन्दर श्रेष्ठले जानकारी दिए ।
उक्त खानेपानीको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद भीम पराजुलीले उद्घाटन गरे। धाराबाट चिसो पानी खान मिल्ने गरी बनाइएको छ । खरिदार स्व.मथुरालाल श्रेष्ठ र उनकी धर्मपत्नी गुणलक्ष्मी श्रेष्ठ विस २००१ सालमा गणेश मन्दिर बनाएर समाजलाई हस्तान्तरण गरिएको थियो । अहिले धेरै भक्तहरु मनोकामना पुग्ने विस्वासका साथ उक्त गणेश मन्दिर पुग्ने गरेका छन् ।
कार्यक्रममा बोल्दै सांसद पराजुलीले धर्म,सस्कृति संरक्षणमा लाग्न सुझाए । बटुवा र मन्दिरलाई समेत हुनेगरी शुद्ध खानेपानिको व्यवस्थापन गरेर मन्दिर सञ्चालक समितिले सरहानीय कार्य गरेको बताए । यस्तै स साना समाजिक कार्यहरुले समाजका आवश्यकताहरु परिपूर्ती हुदै जाने विस्वास गरे । मन भएका दाताहरुलाई विराटनगरका विभिन्न ठाउँमा यस प्रकृतिका कार्यहरु गर्न आग्रह गरे ।
तपाईको प्रतिक्रिया