AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विपक्षी गठबन्धनका शीर्ष तीन नेताबीच देउवा निवासमा प्रदेश सरकार बनाउँने बारेमा छलफल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ जेष्ठ २०७८, सोमबार १८:४७
459
Shares
काठमाण्डौ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठबाटमा गठबन्धनका शिर्ष नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल विच छलफल भएको छ ।

देउवा निवासमा तीन नेताबीच करिब एक घण्टा छलफलमा प्रदेश सरकारहरुका विषयमा छलफल भएको एक नेताले बताए । ‘प्रदेश २ र गण्डकी प्रदेशमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हो’, ती नेताले भने । प्रदेशहरुमा पनि आफ्नो गठबन्धनको सरकार बनाउन विपक्षी दलहरुले गृहकार्य गर्दै आएका छन् । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्ष र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य भएको छ भने जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसहित कांग्रेस, माओवादी केन्द्र र एमालेका नेता नेपाल समूहबीच गठबन्धन बनेको छ ।

प्रदेश २ मा यादव निकट नेता लालबाबु राउत मुख्यमन्त्री छन् । मुख्यमन्त्री राउतले जसपाका ठाकुर पक्षलाई सरकारबाटै हटाएका छन भने कांग्रेस र माओवादीलाई सरकारमा लैजाने तयारी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर